बुधबार, फागुन २७, २०८२

इजरायलद्वारा सीरियामा मिसाइल आक्रमण

सीरियाले इजरायलले राजधानी दमास्कसमा मिसाइल आक्रमण गरेको बताएको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

एजेन्सी- सीरियाले इजरायलले राजधानी दमास्कसमा मिसाइल आक्रमण गरेको बताएको छ।

National life

सीरियाको सरकारी सञ्चारमाध्यमका अनुसार इजरायलले सीरियाको मध्य तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको मिसाइल आक्रमणलाई सीरियाली लडाकू विमानले विफल पारिदिएका छन्।

तर सीरियाका विषयमा जानकारी राख्ने एक संगठनका अनुसार राजधानी दमास्कस र मध्य सीरियाका केही क्षेत्रमा भएको इजरायली आक्रमणमा कयौं मानिसको मृत्यु भएको छ।

सीरियाको सरकारी समाचार एजेन्सी सनाले लेबनानको हवाई क्षेत्रबाट आएका केही इजरायली मिसाइललाई सेनाले आकाशमै नष्ट गरिदिएको दाबी गरेको छ।

सीरियन अब्जर्भेटरी फर ह्युमन राइट्स संगठन एसओएचआरले बुधबार बिहान सीरियाली सैन्य क्याम्पहरुमा मिसाइल खसेको उल्लेख गरेको छ।

Laxmi sunrise bank
kumari

एसओएचआरका अनुसार दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल नजिक निकै ठूलो विस्फोट भएको छ। साथै अल–दमीर जिल्लामा एयर डिफेन्स ब्रिगेटको घरमासमेत क्षति पुगेको पाइएको छ। यसका साथै होम्स प्रान्तका विभिन्न ठाउँम विस्फोटको आवाज सुनिएको छ।

मानव अधिकार संगठनले होम्समा कयौं मानिसको मृत्यु भएको र अल दमीरमा हतियारको एउटा भण्डारण नष्ट भएको जनाएको छ। यसका सथौ अरु केही प्रान्तमा पनि विस्फोटका आवाजहरु सुनिएका छन्। एसओएचआरका अनुसार सीरियाली सरकारको सुरक्षा बल र इरान समर्थित लडाकु यही जुनको सुरुवाती समयमा दमास्कस विमानस्थल वरपरको क्षतिमा उच्च सुरक्षा सतर्कतामा थिए।

गत महिना सीरियाली सञ्चारमाध्यमले गेलान हाइट्सको सीरियाली क्षेत्रमा इजरायली हेलिकोप्टरले आक्रमण गरेको दाबी गरिएको थियो।

प्रकाशित: Jun 09, 2021| 10:51 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।