आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस र माओवादीका नेता भन्छन्- प्रदेश २ सरकारमा सहभागी हुने सहमति भएको छैन

कांग्रेस र माओवादीका नेता भन्छन्- प्रदेश २ सरकारमा सहभागी हुने सहमति भएको छैन

मंगलबार प्रदेश २ को मन्त्रिपरिषद् बैठक सम्पन्न भए लगत्तै नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी बनाएर मुख्यमन्त्री लालबाबु राउत मन्त्रीमण्डल पुनर्गठन गर्न लागेको समाचार बाहिरिएको थियो। 
 |  बुधबार, जेठ २६, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, जेठ २६, २०७८

vianetvianet

जनकपुरधाम- मंगलबार प्रदेश २ को मन्त्रिपरिषद् बैठक सम्पन्न भए लगत्तै नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी बनाएर मुख्यमन्त्री लालबाबु राउत मन्त्रीमण्डल पुनर्गठन गर्न लागेको समाचार बाहिरिएको थियो। 

triton college

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले समेत दुवै दललाई सरकारमा सहभागी गराउन मन्त्रालय टुक्र्याउने विषयमा तयारी पूरा भइसकेको बताएका थिए। तर, नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले प्रदेश सरकारमा सहभागी हुने विषयमा कुनै प्रकारको सहमति नभएको बताएका छन्।

नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले नेपाली कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुन सहमत भएको समाचार अफवाह मात्र भएको बताए। 

उनले भने,  ‘हामीसँग कुन मन्त्रालय दिने वा कतिवटा मन्त्रालय दिने विषयमा अहिलेसम्म सहमति भएको छैन।’ यद्यपि कांग्रेस संसदीय दलका नेता यादवले मन्त्रालय टुक्र्याउने विषयमा छलफल भएको भने स्वीकार गरे। 

यता माओवादी केन्द्र प्रदेश २ संसदीय दलका नेता भरतप्रसाद साहले समेत अहिलेसम्म सरकारमा सहभागी हुने विषयमा कुनै प्रकारको सहमति नभएको बताएका छन्। उनले अहिले सरकारमा सहभागी हुनका लागि सैद्धान्तिक छलफल मात्रै अगाडि बढाइएको भए पनि सरकारमा सहभागिता जनाउने विषयमा भने कुनै सहमति नभएको बताए। 

National life insurance

‘अहिले हामीबीच सैद्धान्तिक छलफल मात्रै भएको छ,’उनले भने, ‘मन्त्रालय र मन्त्रालय संख्याको विषयमा सहमति भए हामी आजको आजै सरकारमा जान तयार छौँ तर अहिले त्यस्तो कुनै छलफल भएको छैन।’

यसअघि दुवै दललाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या १० पुर्‍याउने तयारी गरिएको समाचार बाहिरिएको थियो। तर, एक नेताका अनुसार यस विषयमा केन्द्रमै छलफल भइरहेको छ। त्यहीँबाट यस प्रकारका कुराहरू बाहिरिएका हुन्। ‘प्रदेशमा दुवै दल सरकारमा सहभागी हुन सहमत भए पनि यस विषयमा छलफल त भएको छ तर खासै प्रगति हुन सकेको छैन,’ ती नेताले भने।

प्रकाशित: Jun 09, 2021| 06:15 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।