आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउनेले अमेरिकामा गाँजा उपभाेग गर्न पाउने

कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउनेले अमेरिकामा गाँजा उपभाेग गर्न पाउने

कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउन जनतालाई प्रोत्साहन प्रदान गर्नका लागि अमेरिकाको वासिंटन सरकारले गाँजाको उपायोग गर्न दिने भएको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउन जनतालाई प्रोत्साहन प्रदान गर्नका लागि अमेरिकाको वासिंटन सरकारले गाँजाको उपायोग गर्न दिने भएको छ।

National life

वासिंटन स्टेट ल्युकर एण्ड क्यानबिस बोर्ड (एलसीबी)ले गत सोमबार आफ्नो राज्यभरि गाँजाको प्रयोग गर्न छुट दिएको सूचना जारी गरेको हो। बोर्डले भनेको छ, ‘वयस्क उपभोक्ताहरू जसले क्लिनिकबाट भ्याक्सिन लिएका छन् उनीहरूले गाँजा उपयोग गर्न पाउने छन्।’

यो प्रोत्साहनको कार्यक्रम २१ वर्षभन्दा माथिका मानिसहरूका लागि रहेको बोर्डले जनाएको छ। कार्यक्रम जुलाई १२ सम्म कायम रहने छ।

बोर्डले सूचना जारी गर्दै भ्याक्सिन लगाएका लागि सित्तैमा बियर, वाइन र कक्टेल दिने निर्णय गरेको लामो समयपछि गाँजा पनि सित्तैमा उपयोग गर्न पाउने समाचारहरू बाहिर आएका हुन्।

त्यस्तै अमेरिकाका विभिन्न राज्यहरूमा खोप लगाएकालाई सित्तैमा बास्केटबलको टिकट वितरण गर्ने निर्णयहरू भएका थिए। अहिले वासिंटनमा ४८ दशमलव सात प्रतिशतले भ्याक्सिन लगाएका छन्। सीएनएन

प्रकाशित: Jun 09, 2021| 04:51 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।