बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतको एक अस्पतालले अक्सिजन बन्द गर्दा ५ मिनेटमा २२ को मृत्यु

भारतको एक अस्पतालले अक्सिजन बन्द गर्दा ५ मिनेटमा २२ को मृत्यु

भारतको पारस अस्पतालमा अक्सिजन सप्लाई बन्द हुँदा पाँच मिनेटमा २२ जनाको मृत्यु भएको पाइएकाे छ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

एजेन्सी- भारतको पारस अस्पतालमा अक्सिजन सप्लाई बन्द हुँदा पाँच मिनेटमा २२ जनाको मृत्यु भएको पाइएकाे छ।

National life

भारतको आगरास्थित पारस अस्पतालले जानीजानी अक्सिजन बन्द गराउँदा २२ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको हो।

एकैपटक २२ जनाको मृत्यु भएपछि अस्पताल सिल गरिएको छ भने सञ्चालक अरिञ्जय जैनमाथि मुद्दा चलाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अस्पतालमा ५५ जना संक्रमितको उपचार भइरहेको थियो। अहिले संक्रमितहरुलाई अन्य अस्पताल सार्ने तयारी भइरहेको छ।

२६ अप्रिलमा अस्पतालमा बिरामीको अत्यधिक चाप बढेकाले पाँच मिनेटका लागि अस्पताल प्रशासनले अक्सिजन सप्लाई बन्द गरेको आरोप छ।

Laxmi sunrise bank
kumari

अस्पताल सञ्चालक जैनको एक भिडियो भारतभर भाइरल भइरहेको छ। जसमा उनले बिरामीको अत्यधिक चापका कारण पाँच मिनेट अक्सिजन सप्लाई बन्द गर्दा २२ जनाको मृत्यु भएको भनेका छन्।

अस्पताल सिल गरी सञ्चालकलाई स्पष्टीकरण सोधिएपछि जैनले भिडियोमा सुनिएको स्वर आफ्नो भए पनि आफूविरुद्ध लगाइएका आरोप झुठा भएको दाबी गरिरहेका छन्।

आगराको जिल्ला प्रशाससन कार्यालयले भने अक्सिजको अभावमा २२ जवनाको मृत्यु भएको खबर निराधार झुठो भएको बताएको छ। घटनाबारे अध्ययन अनुसन्धान अहिले पनि भइरहेको छ।

प्रकाशित: Jun 08, 2021| 12:45 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।