काठमाडौं– भारतका राष्ट्रपिता तथा विश्व प्रसिद्ध नेता माहात्मा गान्धीकी पनातिनीलाई सात वर्षको जेल सजाय भएको छ। गान्धीकी ५६ वर्षीय पनातिनी आशीष लता रामगोबिनलाई धोकाधडी र सालसाजी गरेको आरोपमा दक्षिण अफ्रिकाको अदालतले सात वर्षकोे जेल ससजाय सुनाएको हो।
आशीष लताले व्यापारी एसआर महाराजसँग करिब ६० लाख बराबरको जालसाजी तथा धोेकाधडी गरेको आरोपमा अफ्रिकाकोे डरबन अदालतले उनलाई जेल सजाय सुनाएको हो।
लता प्रख्यात अभियन्ता इला गान्धी र मेवा रामगोविन्दकी छोरी हुन्। व्यापारी एसआरबाट लताले कुनै कामका लागि करिब ६२ लाख रुपैयाँ अग्रिम भुक्तनी लिएको र त्यस भुक्तानीवापत एसआरलाई मुनाफाको केही हिस्सा दिने निर्णय भएकोे थियो।
सन् २०१५ मा लता राम गोब्विन्दको मुद्दमा सुनुवाइ भएको थियो। त्यसबेला लतालाई दुर्ई लाख ७० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको थियो।
आशीष लता इन्टरनेशनल सेन्टर फर नन भायलेन्स नामक गैर–सरकारी कार्यक्रमकी संस्थापक र कार्यकारी निर्देशक हुन्। उनले पर्यावरण, सामाजिक र राजनीतिक हितका लागि काम गर्ने महिलाका रुपमा आफ्नोे परिचय बनाएकी थिइन्।
लताकी आमा इला गान्धी मानव अधिकारकर्मीका रुपमा आफ्नो उच्च छवि बनाएकी थिइन्। उनलाई भारतका साथै दक्षिण अफ्रिकाले राष्ट्रिय सम्मानका साथै पुरस्कृत गरेको थियो। इला गान्धी महात्मा गान्धीका चार छोरामध्ये माहिला मणिलालकी छोरी हुन्।
–आजतक