बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतको बिहारमा हट्यो लकडाउन, रात्रिकालीन कर्फ्यु यथावत्

भारतको बिहारमा हट्यो लकडाउन, रात्रिकालीन कर्फ्यु यथावत्

भारतको बिहारमा कोरोना भाइरसको दोस्रो लहरका कारण जारी लकडाउन हटाइएको छ। बिहारका मुख्यमन्त्री नितिश कुमारले ट्विट गर्दै लकडाउन हटाइएको घोषणा गरेका हुन्।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

एजेन्सी- भारतको बिहारमा कोरोना भाइरसको दोस्रो लहरका कारण जारी लकडाउन हटाइएको छ। बिहारका मुख्यमन्त्री नितिश कुमारले ट्विट गर्दै लकडाउन हटाइएको घोषणा गरेका हुन्।

National life

लकडाउन हटे पनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु  भने जारी रहेको छ।

मुख्यमन्त्री नितिश कुमारले लकडाउन जारी गरिएका कारण राज्यमा कोरोना नियन्त्रण गर्न सहज भएको बताएका छन्। साथै उनले अझै पनि भिडभाडबाट जोगिन आवश्यक रहेको बताएका छन्।

लकडाउन खुलेपछि अब सरकारी तथा निजी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारीले काम गर्न पाइनेछ। साँझ ४ बजेसम्म सरकारी तथा निजी कार्यालयहरु खुल्नेछन् भने पसलहरु साँझ ५ बजेसम्म खोल्न पाइनेछ।

साथै अनलाइन पढाइ जारी नै रहनेछ भने निजी सवारी साधन चल्न पाउनेछन्। तर यो सबै व्यवस्था पहिलो पटक एक हप्ताका लागि गरिएको हो। भारतका अन्य थुप्रै राज्यमा हिजोदेखि लकडाउन खुकुलो पारिएको छ। दिल्ली, हरियाणा, तमिलनाडु, महाराष्ट्र, गुजरात तथा राजस्थानमा हिजोदेखि लकडाउन खुकुलो पारिएको छ।

Laxmi sunrise bank
kumari

भारतमा दोस्रो लहरको कोरोना संक्रमण उच्च विन्दुमा पुगेर ओरालो लागेपछि विभिन्न राज्यले लकडाउन खुकुलो पार्दै लगेका हुन्।

प्रकाशित: Jun 08, 2021| 09:18 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।