काठमाडौं-हतियार देखाएर लुटपातमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाको विशेषटोलीले पेस्तोल तथा खुकुरी देखाएर लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा ३ सिगौचाका रोहितबहादुर थापा र सिन्दुपाल्चोक मेलम्ची नगरपालिका झाँक्रेका टापबहादुर तमाङ छन ।
भत्तपुर सुर्यबिनायक नगरपालिका ८ गणेश चोकमा रहेको मनोहर बस्नेतको घरमा डेरा गरेर बस्दै आएका रामबहादुर तामाङको घरबाट लुटपाट गरेर फरार रहेका उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले १६ लाख सात हजारभन्दा बढी नगद र गरगहना लुटेका थिए ।
उनीहरुलाई प्रहरीको विशेष टोलीले ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो । उनीहरुले गत फागुन १० गते रामबहादुरलाई नियन्त्रणमा लिएर पेस्तोल तथा खुकुरी देखाएर हातखुट्टा बाँधेर लेटेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४