आइतबार, जेठ ३, २०८३

मंगलबारदेखि दिइने खोपका लागि उमेर समूह परिवर्तन

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- सरकारले कोरोनाविरुद्वको खोप लगाउने उमेर समूह संशोधन गरेको छ। मंगलबारदेखि लगाउने भनिएको भेरोसेलको उमेर समूह परिवर्तन गर्दै ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ।

National life

यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोभिडविरुद्धको खोप भेरोसेल दिने भनेको थियो। तर, अन्तिम समय आएर उपत्यका बाहिरका जिल्ल्लामा उमेर समूहमा संसोधन गरेको हो।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ।

खोप उपलब्धताको आधारमा यो निर्णय गर्न प्रदेश स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइएको छ।  काठमाडाैं उपत्यकामा भने ६० देखि ६४ वर्ष उमेर समूहले नै खोप पाउनेछन्।

यस्तै हिमाली जिल्लामा यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकोमा छुट भएकाहरुलाई सोही उमेर समूहकालाई दिइने बताइएको छ। तिब्बतसँग सिमा जोडिएका जिल्लामा भने १८ देखि ६४ वर्ष उमेर समूहकालाई नै दिइने बताइएको छ।

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिइने जनाइएको छ।

No description available.

प्रकाशित: Jun 07, 2021| 18:18 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्