शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नागरिकलाई निर्घात कुटपिट गर्ने जनप्रतिनिधिलाई कारबाही गरिनुपर्छ : विश्वप्रकाश शर्मा

नागरिकलाई निर्घात कुटपिट गर्ने जनप्रतिनिधिलाई कारबाही गरिनुपर्छ : विश्वप्रकाश शर्मा

जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ मजकोटका वडाध्यक्ष रामबहादुर नेपालीले गरेको अत्याचारलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं- जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ मजकोटका वडाध्यक्ष रामबहादुर नेपालीले गरेको अत्याचारलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्।

वडाध्यक्ष नेपालीले सोही गाउँका सर्पे दमाईंलाई डोरीले बाँधेर कुटपिट गरेको घटनाप्रति शर्माले आपत्ति जनाएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'जाजरकोट जुनिचाँदेको घटना निन्दनीय छ। असहाय नागरिकलाई डोरीले बाँधेर निर्घात कुटपिट गर्ने जनप्रतिनिधि जुनै दलका हुन्, कानुनी दण्डको भागिदार बन्नैपर्छ।'

उनले घटनाप्रति गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराउँदै लेखेका छन्- 'यस्तो अमानवीय प्रवृत्ति निरुत्साहित गर्न दल र समाजको एक्यवद्धता जरुरी।' 

सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट गरेका थिए।


प्रकाशित: Aug 04, 2021| 09:44 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...