आइतबार, जेठ ३, २०८३

नाकमा स्प्रे गर्ने कोरोना भ्याक्सिनबारे अध्ययन जारी छ : मोदी

उनले भ्याक्सिन बनाउनु ठूलो सफलता भएको भन्दै यो पूरै मानवताका लागि धेरै ठूलो उपलब्धि भएको उल्लेख गरेका थिए। बढी जोखिम भएका नागरिकलाई भ्याक्सिन अभियानमा प्राथमिकता दिइएको उनको भनाइ छ। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

नयाँदिल्ली (भारत)- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकमा स्प्रे गर्ने भ्याक्सिनबारे अध्ययन भइरहेको जानकारी दिएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नोजल भ्याक्सिनबारे अध्ययन भइरहेको जानकारी  दिएका हुन्। 

National life

'अहिले देशमा नोजल भ्याक्सिका विषयमा अध्ययन जारी छ। यो सिरिन्जबाट नभएर नाकमा स्प्रे गरिन्छ। यो भ्याक्सिनमा सफलता मिल्यो भने भारतको भ्याक्सित अभियानमा थप तीव्रता पाउँछ,' देशका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भने। 

उनले भ्याक्सिन बनाउनु ठूलो सफलता भएको भन्दै यो पूरै मानवताका लागि धेरै ठूलो उपलब्धि भएको उल्लेख गरेका थिए। बढी जोखिम भएका नागरिकलाई भ्याक्सिन अभियानमा प्राथमिकता दिइएको उनको भनाइ छ। 

सरकारले सबैलाई निःशुल्क भ्याक्सिन लगाउनेसमेत उनले दोहोर्‍याएका थिए। सरकारले भ्याक्सिन बनेपछि अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै भारतले विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा  खोप लगाउन सुरु गरेको उल्लेख गरेका थिए। उनले भारतमा २३ करोड नागरिकलाई भ्याक्सिन लगाइएको समेत उल्लेख गरे। 

भारतले दुई प्रकारका भ्याक्सिन विकास गरिएको छ। 

प्रकाशित: Jun 07, 2021| 12:47 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्