बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • आर्थिक अभावले उत्तरप्रदेशमा एकै परिवारका ४ जनाले रोजे मृत्यु

आर्थिक अभावले उत्तरप्रदेशमा एकै परिवारका ४ जनाले रोजे मृत्यु

भारतको उत्तर प्रदेशमा एकै घरका चार जना मृत अवस्थामा भेटिएका छन्।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

एजेन्सी- भारतको उत्तर प्रदेशमा एकै घरका चार जना मृत अवस्थामा भेटिएका छन्।

National life

उत्तर प्रदेशको शाहजहापुरको कच्चा कटराका औषधि पसले अखिलेश गुप्ताको परिवारका चारै सदस्य मृत अवस्थामा भेटिएका भारतीय सञ्चार माध्यमले जनाएको छ।

मृत गुप्ताको साथमा आर्थिक समस्याका कारण आत्महत्या गर्नुपरेको सुसाइट नोट भेटिएको छ। ४३ वर्षका गुप्तासहित ४० वर्षीया श्रीमति रिसु गुप्ता, १२ वर्षीय छोरा शिवाङ्ग र ६ वर्षीया छोरी अभिजिता मृत भेटिएको जनाइएको छ।

अखिलेशले गत वर्षको दीपावलीमा नयाँ घर बनाई गृह प्रवेश गरेका थिए। नयाँ घरमा सरिसकेपछि आफूलाई आर्थिक संंकट परेको उनको नोटमा भेटिएको छ।

सोमबार दिउँसो छिमेकी गुप्ताको घरमा जाँदा उनीसहित सपरिवार झुन्डिएको अवस्थामा फेला परेका थिए।
अखिलेश गुप्ता र श्रीमति रिशु गुप्ता एउटा कोठामा झुन्डिएका थिए भने छोरा शिवाङ्ग र छोरी अभिजिता पूजा कोठामा झुन्डिएका थिए।

Laxmi sunrise bank
kumari

प्रहरीले फरिदपुरबाट आफन्तलाई बोलाएर सोधपुछ गरिरहेको छ। 

प्रकाशित: Jun 07, 2021| 12:36 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।