काठमाडौं- सोमबार १ हजार ४३४ जना कोरोना संक्रमित आइसियूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। उनीहरूमध्ये ३९७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ।
आइसियू र भेन्टिलेटरमा उपचाररतमध्ये सबैभन्दा बढी संख्या बागमती प्रदेशमा छन्। बागमती प्रदेशमा ७७१ जना संक्रमित आइसियुमा उपचाररत छन् भने उनीहरुमध्ये २६६ जनाको भेन्टिलेटरको सहायतमा उपचार भइरहेको छ।
मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा १९७ जना संक्रमित आइसियूमा उपचाररत रहेकोमा ३५ जना भेन्टिलेटरमा, प्रदेश २ मा ९० आइसियूमा रहेका मध्ये र २२ जना भेन्टिलेटरमा उपचाररत छन्।
गण्डकी प्रदेशमा १२८ जना आइसियूमा उपचाररत रहेकोमा ३६ जना भेन्टिलेटरमा छन् भने लुम्बिनी प्रदेशमा १७२ जना आइसियूमा उपचाररतमध्ये २३ जना भेन्टिलेटरमा छन्।
त्यस्तै कर्णालीमा ४७ जना आइसियू र १० जना भेन्टिलेटरमा उपचाररत हरेको मन्त्रालयले जानकारी दिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशमा २९ जना आइसियूमा रहेकामध्ये ५ जनालाई भेन्टिलेटरमा राखी उपचार जारी राखिएको मन्त्रालयको भनाइ छ।