सोमबार, असार २९, २०८३

नयाँशक्तिबाट केशव दाहाल अलग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नयाँशक्ति पार्टीका संस्थापकमध्ये एक, केन्द्रीय सचिवालय सदस्य तथा वरिष्ठ नेता केशव दाहालले उक्त पार्टीबा६ राजीनामा गरेका छन् । र, नयाँशक्ति स्रोतका अनुसार दाहालको राजिनामा स्वीकृत गरिसकिएको छ।

दाहाललगायत टिमको मुख्य नेतृत्वमा ०६४ सालमा 'वैकल्पिक विचार मञ्च'को गठन गरिएको थियो। जसले वैकल्पिक राजनीतिको बारेमा बहस, अन्तर्क्रिया र प्रकाशनहरू गर्दै आएको थियो। सोही अभियानका क्रममा दाहाल नयाँशक्ति निर्माणमा जुटेका थिए। तर, पछिल्लो चरणमा उनी नयाँशक्तिका राजनीतिक क्रियाकलापहरूसँग असन्तुष्ट थिए। उनले कैयौं विषयमा संयोजक डा बाबुराम भट्टराईसँग मतभेद राख्दै आएका थिए। दाहालले निरन्तर आफ्ना लेखहरूमा विवेकशील साझाका अवधारणाहरूको खुलेर प्रशंसासमेत गर्दै आएका थिए।

आफ्नो राजीनामाबारे केशव दाहालले आफ्नो फेसबुक वालमा लेखेका छन्, 'नयाँशक्ति पार्टीको असार १ गते बसेको केन्द्रीय समितिको बैठकले मेरो राजीनामा स्वीकार गरेको छ। अत: आजदेखि नयाँशक्तिबाट विधिवत रूपमा अलग भएको जानकारी गराउँछु।'

दाहालले भनेका छन्, 'पार्टी स्थापनादेखि निरन्तर रूपमा केन्द्रीय सचिवालयमा बसेर काम गरियो र यो सहकार्यका लागि पार्टी संयोजक र साथीहरूलाई धन्यवाद दिन चाहन्छु। वैकल्पिक, सफा र अझ सुन्दर राजनीतिको मेरो अभियान जारी रहनेछ।'

राजनीतिक चिन्तनको क्षेत्रमा क्रियाशील दाहाल सामाजिक अभियानकर्ता पनि हुन्। लेखक दाहालको 'नेपाली राजनीतिको पुनर्गठन' नामक पुस्तक प्रकाशित छ। नेपालका विभिन्न पत्र-पत्रिकामा उनका थुप्रै लेख तथा रचनाहरू प्रकाशित भइरहन्छन्। उनी वैकल्पिक राजनीतिलाई राजनीतिको केन्द्र बनाउन अथक प्रयत्न गर्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।