बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना संक्रमित घटेपछि भारतका थुप्रै ठाउँमा लकडाउन खुल्दै

कोरोना संक्रमित घटेपछि भारतका थुप्रै ठाउँमा लकडाउन खुल्दै

कोरोना संक्रमण उच्च विन्दुमा पुगेर घट्न थालेपछि भारतमा विभिन्न सहरमा लकडाउन खुल्न थालेको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

एजेन्सी- कोरोना संक्रमण उच्च विन्दुमा पुगेर घट्न थालेपछि भारतमा विभिन्न सहरमा लकडाउन खुल्न थालेको छ। तर दिल्ली, महाराष्ट्र, उत्तर प्रदेश, हरियाणा र बिहारसहित देशका विभिन्न राज्यमा कोरोना संक्रमण नघटे पनि लकडाउन खुकुलो पार्न लागिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

National life

आज सोमबारदेखि थुप्रै राज्यमा लकडाउन खुकुलो पारिएको छ। दिल्लीमा यसअघि केही खुकुलो पारिएकोमा सोमबार (जुन ७) देखि ‘अनलक टु’ सुरु भएको हो। त्यहाँ गत हप्ता विभिन्न क्षेत्रमा छुट दिइएको थियो। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विभिन्न क्षेत्रलाई खुकुलो पारिएको जनाएका छन्।

उनका अनुसार आजदेखि दिल्लीमा ५० प्रतिशत यात्रु राखेर मेट्रो रेल सञ्चालन गर्न पाइनेछ। मेट्रो ५ देखि १५ मिनेटको अन्तरमा आफ्नो निर्धारित रुटमा चल्ने छ।

दिल्लीमा बजार, मल, शपिङ कम्प्लेक्स, मदिरा पसल, जोरबिजोरको आधारमा यातायात बिहान १० बजेदेखि राति ८ बजेसम्म चल्नेछ।  निजी कम्पनी, सरकारी कार्यालयलगायत पनि आवश्यकताअनुसार ५० प्रतिशत कर्मचारी राखेर खुल्नेछन्। आपतकालीन सेवाका कार्यालयमा भने सबै कर्मचारी उपस्थित हुन पाउनेछन्।

दिल्लीमा सबै धार्मिक, राजनीतिक र सामाजिक सभाहरु बन्द रहनेछन्। सार्वजनिक स्थलमा बिहे गर्न पाइने छैन। सिनेमा, थिएटर, रेष्टुरेन्ट र बारहरु बन्द रहनेछन् भने होम डेलिभरी भने गर्न पाइनेछन्। मनोरञ्जन स्थल, हेल्थ क्लब, शिक्षण संस्थालगायत खुल्नेछन्।

Laxmi sunrise bank
kumari

त्यस्तै महाराष्ट्र, हरियाणा, राजस्थान, बिहार, तमिलनाडु, मध्य प्रदेश, गुजरात तथा केरलमा पनि थुप्रै चिज खुकुलो पारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतमा गत महिना दैनिक ३ लाखभन्दा बढी संक्रमित थपिएका थिए। अहिले संक्रमितको संख्या दैनिक रुपमा घट्दै गएको छ। दोस्रो लहरको कोरोनाको असर कम हुँदै गएपछि विभिन्न क्षेत्रहरु खुला गर्न थालिएको हो।

प्रकाशित: Jun 07, 2021| 10:18 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।