मुम्बई- अभिनेत्री सन्नी लियोनी कोरोना महामारीको संकटमा मजदुरको सारथी बन्न पति डेनियल वेभरसँगै सडकमा निस्किएकी छिन्। आइतबार एउटा ट्रक भाडामा लिएर उनी मुम्बईको सडकमा विपन्न व्यक्ति र परिवारका लागि खानासहित निस्किएकी हुन्।
खाना बाँडिरहेको केही तस्बिर सोसियल मिडियामा सार्वजनिक भएको छ। केहीले उनीहरुसँग फोटोसमेत खिचाएका छन्।
सन्नी र डेनियलले दाल, चामल, खिचडी र फलफुल बाँडेका छन्। परोपकारी संस्थासँग मिलेर दिल्लीमा १० हजार प्रवासी मजदुरलाई खानाको व्यवस्था गरेपछि यो वर्षको सुरुवातमा सन्नीको चर्चा चुलिएको थियो।