सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल टेलिकमले ल्यायो जीएसएम र सीडीएमए पोस्टपेडमा अन्तर्राष्ट्रिय कल सुविधा

नेपाल टेलिकमले ल्यायो जीएसएम र सीडीएमए पोस्टपेडमा अन्तर्राष्ट्रिय कल सुविधा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोस्टपेडबाट अर्न्तराष्ट्रिय कलको सुविधा ल्याएको छ । टेलिकमले असार १ गतेबाट लागु हुने गरी यो सेवा ल्याएको हो । 

आईएसडी कलको लागि जीएसएम मोबाइलले ०००० चार वटा शुन्य भने सीडीएमएमा भने १२३४ डिफल्ट रहनेछ । आईएसडी सेवा सुचारूको  लागि #331*PIN# नम्बर डायल गर्नु पर्नेछ । त्यस्तै, *331*PIN# डायल गरी सेवा बन्द गर्ने सकिनेछ । सेवा सुचारू वा बन्द रहेको जानकारीको लागि भने *#331# गर्नु पर्नेछ । 
सुरक्षाका लागि पिन नम्बर परिवर्तनको सुविधा पनि रहेको छ । यसको लागि भने *03*331*old_PIN*newPIN*newPIN# डायल गरी सुचारु गर्न सकिनेछ। 

सीडीएमए पोस्टपेडमा यस सेवा सुचारू गर्नको लागि *82 भने *81 डायल गरी परिवर्तन गर्न सकिनेछ । त्यस्तै, सेवा बन्द गर्नको लागि भने *820 डायल गर्नु पर्ने हुन्छ । 

साथै सीडीएमए पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *81 डायल गर्नु पर्नेछ । आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *82 डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *820  डायल गर्नु पर्नेछ ।

यस अघि सीडीएमए पोस्टपेड तथा जीएसएमबाट आइएसडीको लागि निश्चित रकम तिरी कार्यलयमा सम्र्पक राख्नु पर्ने हुन्थ्यो ।  अबबाट सेवाग्राहीले भने सहज रूपमै सुविधा लिन सकिनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।