सोमबार, चैत ९, २०८२

जुची फाउन्डेसनद्वारा ५१० थान अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग 

फाउन्डेसनले सरकारलाई हस्तान्तरण गरेको कन्सन्ट्रेटरको क्षमता १० लिटर छ। यस्तै फाउन्डेसनले नाजल अक्सिजन ट्युब १० हजार २ सय थान, डिस्पोजेबल सर्जिकल फेस मास्क ३५ लाख १६ हजार थान, बडी ब्याग ७ हजार २० थान, पीपीई १ लाख ४० थान, १ लाख थान फेस सिल्डसमेत सहयोग गरेको छ। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था जुची फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५१० थान अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ती सामग्री फाउन्डेसनबाट प्राप्त भएको जानकारी दिएको हो। 

National life

फाउन्डेसनले सरकारलाई हस्तान्तरण गरेको कन्सन्ट्रेटरको क्षमता १० लिटर छ। यस्तै फाउन्डेसनले नाजल अक्सिजन ट्युब १० हजार २ सय थान, डिस्पोजेबल सर्जिकल फेस मास्क ३५ लाख १६ हजार थान, बडी ब्याग ७ हजार २० थान, पीपीई १ लाख ४० थान, १ लाख थान फेस सिल्डसमेत सहयोग गरेको छ। 

यसैगरी, १ लाख थान गगल्स, १ लाख ४४० थान मेडिकल फेस मास्क, १ लाख २ हजार थान मेडिकल क्याप पनि फाउन्डेसनले सहयोग गरेको मन्त्रालयले जानकारी दिएको छ। सर्जिकल फेस मास्क १४ लाख ८५ हजार ३ सय थान र सनग्लोभ्बस्, सु कभर र गम्बुटलगायतका सामग्री छन्। 

विगतमा पनि फाउन्डेसनले नेपाललाई विभिन्न सहयोग गरेको भन्दै मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले फाउन्डेसनप्रति आभार व्यक्त गरेका छन्। प्राप्त सामग्रीलाई आवश्यकताका आधारमा विभिन्न स्थानमा पठाइने मन्त्रालयले जनाएको छ।  

No photo description available.

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 07, 2021| 08:37 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्