सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डले पत्रकारलाई भने- तपाईंहरू हाम्रो कार्यकर्ता

प्रचण्डले पत्रकारलाई भने- तपाईंहरू हाम्रो कार्यकर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेस चौतारी र प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूलाई पार्टीका कार्यकर्ता भएको सम्झाएका छन् ।

दुई संगठनहरूको एकता घोषणाका लागि आयोजित समारोहमा उनले भने, 'विभिन्न सञ्चारमाध्यममा कार्यरत भए पनि तपाईंहरू हाम्रो कार्यकर्ता नै हो ।'

रूपान्तरणसहितको पार्टी एकता आफूहरूको उद्देश्य भएको उनले खुलाए । 'पार्टी एकता हुनुको आधार नै वैचारिक र राजनीतिक कार्यदिशा मिलेका कारणले हो,' उनले भने, 'हाम्रो राजनीतिक लक्ष्य समाजवाद नै हुनुपर्छ ।'

एमाले र माओवादी केन्द्रको एकीकरणको प्रक्रियामा 'एकता-आलोचना (द्वन्द्व र संघर्ष), रूपान्तरण हुँदै नयाँ आधारमा एकता स्थापित गर्ने' हिसाबबाट चल्नुपर्ने उनले औंल्याए । 'हामीमा आत्मकेन्द्रित, अपारदर्शी, स्वार्थी, व्यक्तिवादी, अराजकतालगायत साँघुरोपन नभएको होइन,' उनले भने, 'यस्ता विषयलाई त्यागेरै अगाडि बढ्नसक्नु पर्छ अनि मात्र विश्वास आर्जन गर्न सकिन्छ ।'

सत्तामा गएपछि जनताका कुरा बिर्सने प्रवृत्तिबाट पनि पाठ सिक्नुपर्ने उनले बताए । कार्यक्रममा महासचिव विष्णु पौडेलले पनि सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी ओली भने कार्यव्यस्तताको कारण जनाउँदै कार्यक्रममा उपस्थित भएनन् । एकतापछिको नयाँ संगठनको नाम घोषणा गरिएको छैन । विधान आएपछि मात्र नाम सार्वजनिक हुने प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।