शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यस्तो छ सामाजिक सञ्जालले न्याय मागिरहेको चितवनकी सविता मृत्यु प्रकरणको गुत्थी

यस्तो छ सामाजिक सञ्जालले न्याय मागिरहेको चितवनकी सविता मृत्यु प्रकरणको गुत्थी

यो घटनाको अन्तर्य केलाउँदा महिनौंदेखि भोग्दै आएको घरेलु हिंसा, यौन दुर्व्यवहार आदि उनको मृत्युको खास कारण देखिन्छन्। 
 |  आइतबार, जेठ २३, २०७८

अनिल यादव

अनिल यादव

आइतबार, जेठ २३, २०७८

काठमाडौं- यतिखेर फेसबुकदेखि टिकटकसम्म भाइरल भइरहेको विषय हो– चितवनकी सविता भण्डारीको मृत्यु प्रकरण। उनीप्रति न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्याग नै चलिरहेको छ, जस्टिस फर सविता भण्डारी। आत्महत्या कि हत्या? सोसल मिडियामा सविताको मृत्युको बहसको विषय बनेको छ। 

triton college

यो घटनाको अन्तर्य केलाउँदा महिनौंदेखि भोग्दै आएको घरेलु हिंसा, यौन दुर्व्यवहार आदि उनको मृत्युको खास कारण देखिन्छन्। 

के हो सविताको मृत्यु प्रकरण ?

घटना गत वैशाख ४ गतेको हो। साँझपख चितवन प्रहरीलाई खबर पुग्यो– ‘भरतपुर–१९ मा एक महिलाले झुन्डिएर आत्महत्या गरिन्।’ ती महिला थिइन्, सविता भण्डारी धिताल। प्रहरीसम्म खबर पुर्‍याउने चाहिँ सविताकै पतिको परिवार थियो। 

प्रहरीलाई जतिबेला आत्महत्याबारे खबर पुग्यो, त्यतिबेला परिवारले ती महिलालाई चितवन मेडिकल कलेज लगिसकेको थियो। त्यसपछि सविताको माइती पक्षको दाबी रह्यो– यो आत्महत्या होइन, हत्या हो। 

corrent noodles
Metro Mart

चितवन प्रहरीको अनुसन्धानले भने सविताले आत्महत्या नै गरेको निष्कर्ष निकाल्यो। ‘यस्तो केसमा अनुसन्धान गर्दा हामी दुइटा कुरा हेर्छौं– मृतक आफैं झुन्डिएको हुनुपर्‍यो वा उसलाई कसैले झुन्ड्याएको हुनुपर्‍यो,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारी भन्छन्, ‘हामी घटनास्थल पुगेर अनुसन्धान गर्दा केही छिमेकीको उपस्थितिमा मृतकलाई झुन्डिएको अवस्थाबाट निकालेर अस्पताल पुर्‍याएको पाइयो। पोस्टमार्टम रिपोर्टले पनि मृत्युको कारण ‘ह्याङगिङ’ नै देखायो।’

तर, सविताको माइती पक्ष यो निष्कर्ष मान्न तयार भएन। सविताको श्रीमान् र उनको परिवारले दाइजो नदिएको निहुँमा निरन्तर हिंसा गर्दै आइरहेको र त्यही क्रममा यो परिणाम आएको आरोप लगायो। श्रीमान् योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र आमाजु भावना ढकाल मिलेर सविताको हत्या गरेको उनीहरुको आरोप थियो। 

सविताकै बहिनी सजनी भण्डारीले फेसबुकमा भनेकी छिन्, ‘भावना ढकालले सुरुदेखि नै मेरो दिदीलाई दाइजोको कुरा निकालेर टर्चर दिँदै आइरहेकी थिइन्। भावनाका श्रीमान् भोजले गत मंसिरमा मेरो दिदीलाई बोलाएर डिभोर्स गर्न सहयोग गर्ने र छोरा संयकलाई उनकै जिम्मा लगाउने भनेका थिए। दिदीका श्रीमान् योगेन्द्र कुमार ढकालले सधैं रक्सी पिएर उनलाई पिट्थे, टर्चर दिन्थे र १० महिनायता लगातार डिप्रेसनको औषधि खान बाध्य बनाए। त्यस्तै, दिदीका ससुरा रमेश कुमार धितालले औषधी लगाउने बेलामा यौन दुर्व्यवहारसम्मको हर्कत गर्थे।’

सजनीले आफूसँग यी आरोपहरु पुष्टि हुने प्रमाण रहेको बताइन्। केही भिडियो र स्क्रिनसट सामाजिक सञ्जालमै पनि सार्वजनिक भइसकेका छन्। बहिनी सजनीसँग बोलेको अडियो संवाद पनि सार्वजनिक भएको छ, जहाँ सविताले भनेकी छिन्, ‘म एकदमै विक भएँ। म सक्दिनँ कान्छी। मसँग बोल्ने आँट पनि छैन। म एकदम होपलेस र हेल्पलेस भइसकेँ। टेक केयर। म धेरै स्ट्रङ हुन खोजे तर भित्रैबाट कमजोर भइसकेँ। दिनदिनैँ यो पेन सहन सक्दिनँ।’

त्यसो त सविताको माइती पक्षले प्रस्तुत गरेका सबै प्रमाणका आधारमा चितवन प्रहरीले पनि ढकाल परिवारले दिएको टर्चर र हिंसाकै कारण सविता आत्महत्या गर्न बाध्य भएको निष्कर्ष निकालेको थियो। ‘हाम्रो अनुसन्धानको निष्कर्षले केटीलाई केटाकै परिवारले झुन्डिन बाध्य बनाएको देखायो,’ एसपी अधिकारीले भने, ‘सविताको श्रीमान्ले टर्चर दिने गरेको देखियो। यो त नेपालको विद्यमान कानुनअनुसार आत्महत्या दुरुत्साहनसम्बन्धी अपराध हो। त्यही अनुसार परिवारको पनि जाहेरी आएपछि हामीले आरोपित तीनै जनालाई थुनेर कारवाही प्रक्रिया अघि बढाएका हाैं।’

अहिले आरोपित श्रीमान्, ससुरा र आमाजु तीनैजनालाई आत्महत्या दुरुत्साहन अन्तर्गत अदालतमा मुद्दा चलिरहेको छ। तर, तीनैजना धरौटीमा रिहा भइसकेका छन्। श्रीमान र ससुरा एक/एक लाख र आमाजु २५ हजारमा रिहा भएका हुन्।

न्याय नपाएको गुनासो

यता मृतकको माइती पक्षले भने आफूले न्याय नपाएको गुनासो गरिरहेका छन्। ‘तीन दिनअघि मात्रै लुगा किन्नलाई मसँग पाँच हजार पैसा मागेकी थिई, आत्महत्या नै गर्ने भए किन पैसा माग्थी?’ एक युट्युब च्यानलमा बहिनी सजनीले आशंका व्यक्त गरेकी छिन्। प्रहरीले झुक्याएर मुचुल्कामा साइन गराउन लगाएको आरोपसमेत उनले लगाएकी छिन्। ‘प्रहरीले यहाँ साइन गरेपछि केस सुरु हुन्छ भनेछन्। दाइले मुचुल्का भन्ने बुझेनछ, अनि साइन गरिदिएछ,’ उनले भनेकी छिन्। 

आफूहरुले झुन्डिएको ठाउँ हेर्न नपाएको, छिमेकीलाई बुझ्दा कोहीले बरन्डा, कोहीले ढोका, कोहीले फ्यानमा झुन्डिएको भनेर फरकफरक जवाफ दिएपछि पनि आफूहरुलाई शंका उत्पन्न भएको उनले बताएकी छिन्। 

तर, जिल्ला प्रहरी कार्यालय चितवनका एसपी अधिकारीले भने घटनाको अन्तर्य नबुझी सोसल मिडियामा अनेक अफवाह फैलिरहेको गुनासो गरे। ‘केही युट्युबरले त सिधै हत्या हो, प्रहरीको पनि मिलेमतो छ भनेर फैसला गरिदिएका रहेछन्, अचम्म लाग्यो,’ उनले भने। 

२८ वर्षीया मृतककी आमाले १० दिनअघि डेली न्यूज नेपाल नामक युट्युब च्यानलसँग कुराकानी गर्ने क्रममा ढकाल परिवारले आफ्नो छोरीको ज्यान लिएको बताएकी छिन्। ‘कुकुर मर्दा कत्रो जुलुस भयो, तर मेरो छोरी मर्दा केही पनि भएन,’ उनले रुँदै भनेकी छिन्, ‘परिवार मिलेर मेरो छोरीलाई मारेर छाडे। कहीँबाट न्याय पाइएन। जसरी पनि न्याय चाहियो मलाई।’

ससुराले यौन दुर्व्यवहार गरेको आरोप

सविताको माइती पक्षले ७५ वर्षीय ससुरा रमेश कुमार धितालले सवितालाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लगाएका छन्। सविताको बिहे ०७१ सालमा भएको थियो। सविताले बहिनी सजनीलाई ससुराले गर्ने हर्कतबारे सुनाएको फेसबुक च्याट पनि सार्वजनिक भएको छ। जहाँ सविताले ससुराको यौन दुर्व्यवहारबारे परिवारलाई जानकारी गराउँदा उल्टै डिप्रेसनको औषधी खुवाएको समेत उल्लेख गरेकी छिन्।

‘त्यसपछि मैले दिदीलाई यसरी बोलेको भरमा कसैलाई पत्याउँदैन, बरु एउटा भिडियो बनाउने प्रयास गर न भनेर सुझाएकी थिएँ,’ सजनीले एक युट्युब च्यानलसँग भनेकी छिन्, ‘त्यसपछि सविताले भिडियो बनाइन् र मलाई पठाएकी हुन्।’ 

यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जहाँ औषधी हाल्ने क्रममा ससुरा सविताको काखमै सुत्न खोज्छन्। ‘काखमै सुत्नुपर्ने त?’ त्यसपछि भिडियोमा सविताले असहज भाव प्रकट गरेकी छिन्।

प्रकाशित: Jun 06, 2021| 13:16 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।