काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ र १२ को अनुदान तथा स्वीकृत दरबन्दीको विवरण यकिन गरी पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
जिल्लाअन्तर्गतका स्थानीय तहमा उच्च माध्यमिक कक्षा सञ्चालित विद्यालयलाई प्रदान गरिएको शिक्षक दरबन्दी तथा अनुदानको विवरण यकिक गरी १५ दिनभित्र पठाउन निर्देशन दिएको हो।
स्वीकृत र अनुदान दरबन्दी यकिन गर्न र त्यसलाई व्यवस्थित गर्नका लागि विवरण माग गरिएको निर्देशक वसन्तप्रसाद कोइरालाले जानकारी दिए।
