बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा भेटिएको डेल्टा भेरियन्ट ४० प्रतिशत बढी संक्रामक : बेलायत

भारतमा भेटिएको डेल्टा भेरियन्ट ४० प्रतिशत बढी संक्रामक : बेलायत

बेलायतले कोरोेना महामारीबाट छुटकारा पाउन १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोेप लगाउन अनुमति दिएको छ। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

National life
Laxmi sunrise bank
kumari

बेलायती स्वास्थ्यमन्त्री म्यान हेनककले भारतमा भेटिएको कोभिड–१९ को डेल्टा भेरियन्ट ४० प्रतिशत बढी संक्रामक रहेको बताएका छन्।
बेलायतले जुन २१ बाट लकडाउन अन्त्य गर्ने योजना बनाएको छ। तर नयाँ भेरियन्ट डेल्टाका कारण लकडाउन खोल्ने अनिश्चित रहेको हेनककको भनाइ छ।

उनले कोरोना भाइरसबाट बच्न जतिसक्दो छिटो खोप लगाउनुपर्ने जनाएका छन्। उनले भनेका छन्, ‘दुवै डोज खोप लगाएर मात्रै भाइरसलाई हराउन सकिन्छ।’  बेलायतले कोरोेना महामारीबाट छुटकारा पाउन १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोेप लगाउन अनुमति दिएको छ। 

‘कोरोना भाइरसबाट बच्न दुवै डोज खोप लगाउनु आवश्यक छ। खोप लगाएर मात्रै हामी संक्रमणको दर र अस्पतालमा भर्ना हुने दर घटाउन सक्छौं’, स्वास्थ्यमन्त्री हेनककले भनेका छन्। बेलायतका ४ करोेड जनसंख्याले कोरोना विरुद्ध पहिलो चरणको खोप लगाइसकेका छन्। बीबीसी
 

प्रकाशित: Jun 06, 2021| 12:36 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।