सोमबार, चैत ९, २०८२

काठमाडौँ उपत्यकामा १ हजार १३१ जना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ४७१ जनाको पीसीआर विधि र ३ हजार २६२  जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको जनाएको छ। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३१ जना, भक्तपुरमा १४६ जना र ललितपुरमा २५४ जना कोरोना संक्रमित भेटिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ४७१ जनाको पीसीआर विधि र ३ हजार २६२  जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको जनाएको छ। 

आइतबार नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने झन्डै दोब्बर छन्। पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन्।  

आइतबार ९९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। हालसम्म ७ हजार ८ सय ९८ जना संक्रमितको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

आइतबार कुल परीक्षणमध्ये २८.९ प्रतिशतमा संक्रमण देखिएको छ। हालसम्म ४७ जिल्लामा ५०० भन्दा बढी मानिसलाई संक्रमण भएको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: Jun 06, 2021| 11:04 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्