सोमबार, साउन १८, २०८३

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

पछिल्लो समय स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि लगातार आक्रमण भएपछि अध्यादेशका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन्।

पछिल्लो समय स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि लगातार आक्रमण भएपछि अध्यादेशका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो।

यद्यपि, नेपालगञ्जको भेरी अस्पतालका नर्समाथि सत्तारुढ दल नेकपा एमालेका नेताले 'प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको मान्छे हुँ' भन्दै आक्रमण गरेका थिए। यसपछि राष्ट्रपति भण्डारीले आफन्तको मृत्युमा जो कोही पनि आवेगमा आउन सक्ने भन्दै एमाले नेताको बचाउमा ट्विट गरेकी थिइन्।  

उनीमाथि कारबाही गर्नुपर्ने माग उठिरहेपनि जिल्ला प्रशासन कार्यालय बाँकेले गठन गरेको तीन सदस्यीय छानबिन समितिले भेरी अस्पतालकै कमजोरी भएको भन्दै प्रतिवेदन बुझाएको थियो। 

No description available.

 

प्रकाशित: Jun 06, 2021| 10:33 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्