बुधबार, फागुन २७, २०८२

एल-साल्भाडोरमा बिटक्वाइनलाई औपचारिकता दिने तयारी

मध्य अमेरिकी देश एल-साल्भाडोरले बिटक्वाइन क्रिप्टो-करेन्सीलाई कानूनी मान्यता दिने तयारी गरेको छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

एजेन्सी- मध्य अमेरिकी देश एल-साल्भाडोरले बिटक्वाइन क्रिप्टो-करेन्सीलाई कानूनी मान्यता दिने तयारी गरेको छ।

National life

त्यहाँका राष्ट्रपति नायिक बुकेलेले बिट क्वाइनलाई कानूनी मान्यता दिने प्रस्ताव कंग्रेसमा लैजाने तयारी गरेका छन्। कंग्रेस (संसद) बाट समर्थन प्राप्त भएमा एल-साल्भाडोर औपचारिक रुपमा डिजिटल मुद्रालाई अनुमति दिने पहिलो देश बन्नेछ।

राष्ट्रपतिका बुकेलेका अनुसार बिटक्वाइनको प्रयोग अब त्यहाँको आधिकारिक मुद्रा अमेरिकी डलर जसरी गर्न पाइनेछ।
राष्ट्रपति बुकेलेले बिटक्वाइनलाई आधिकारिकता दिएपछि विदेशमा रहेका एल-साल्भाडोरका नागरिकलाई घरमा पैसा पठाउन सहज हुनेछ।

साथै उनले यो मुद्रालाई अनुमति दिए थोरै समयमा रोजगारीका अवसरहरु सिर्जना गर्न सक्ने र औपचारिक अर्थ व्यवस्था बाहिर रहेका हजारौँ मानिसलाई मुलुकको वित्तिय प्रणालीको मुल प्रवाहमा ल्याउन मद्दत मिल्ने बताएका छन्।

उनले एक सम्मेलनमा यो योजनाले मुलुकमा राजश्व पनि बढ्ने बताएका छन्। उनले बिटक्वाइनलाई औपचारिकता दिने प्रस्ताव आगामी हप्ता कंग्रेसमा पेस गर्ने बताएका छन्।

Laxmi sunrise bank
kumari

यो प्रस्ताव पास भए एल–साल्भाडोरमा बैंक खाता नरहेका ७० प्रतिशत नागरिकलाई वित्तीय सेवा प्राप्त हुने पनि विश्वास लिएका छन्।

प्रकाशित: Jun 06, 2021| 09:46 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।