बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मोदीलाई केजरीवालको प्रश्न : पिजा होम डेलिभरी हुने रासन किन नहुने?

मोदीलाई केजरीवालको प्रश्न : पिजा होम डेलिभरी हुने रासन किन नहुने?

भारत दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले स्थानीयको घरघरमा रासन पुर्‍याउने कार्यलाई केन्द्र सरकारले रोक लगाएको भन्दै आपत्ति जनाएका छन्।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं - भारत दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले स्थानीयको घरघरमा रासन पुर्‍याउने कार्यलाई केन्द्र सरकारले रोक लगाएको भन्दै आपत्ति जनाएका छन्।

National life

कोेरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि दिल्ली सरकारले हरेक घरमा रासन पुर्‍याउने योजना ल्याएको छ, जसलाई लागू हुनुभन्दा दुई दिन अघि केन्द्र सरकारले खारेज गरिदिएको छ।

‘दिल्ली  सरकारले घरघरमा रासन पुर्‍याउने योजनाका लागि एकपटक नभई पाँच–पाँच पटक अनुमति लिएको छ,’ उनले भनेका छन्, ‘तपाईं (प्रधानमन्त्री मोदी) अहिले अनुमति लिएको छैन भनेर रद्द गर्दै हुनुहुन्छ।’

घरघरमा रासन पुर्‍याउने योजनाको सम्पूर्ण तयारी भइसकेको भए पनि केन्द्र सरकारले अचानक रोकेकोमा उनले आपत्ति जनाएका हुन्।

‘केही गल्ती भए माफ गर्नुहोला, तर दिल्ली सरकार यो योजना लागू गर्न सक्षम छ। हामी केन्द्रसँग विवाद चाहँदैनौं,’ उनले भनेका छन्, ‘योजनाको नाम मुख्यमन्त्री घरघर रासन राखिएकोमा तपाईं (मोदी)कै कारण नाम हटाएका हौँ, तै पनि तपाईं बारम्बार अनुमति माग्दा पनि अनुमति लिएन भन्नुहुन्छ।’

Laxmi sunrise bank
kumari

केजरिवालले केन्द्र सरकारलाई  देशमा स्मार्ट फोन, पिजाको होम डेलिभरी हुन सक्छ भने रासनको किन हुन सक्दैन भन्दै प्रश्न गरेका छन्।

‘प्रधानमन्त्रीज्यू तपाईंलाई रासन माफियासँग किन यति लगाव छ? गरिबको दुःख कसले सुन्ने, हेर्ने?,’ उनले भनेका छन्।

मुख्यमन्त्री केजरीवालले अनुमति मागेको र अदालतमा समेत कुनै रिट दायर नगरेको भन्दै केन्द्रले अहिले खारेजी गर्नुमा माफियासँग मिलेको आरोपसमेत लगाएका छन्।

कोभिड–१९ का कारण हजारौं सर्वसाधारणले रोजगारी गुमाएको र उनीहरू बाहिर जान नचाहेका कारण घरघरमा रासन पुर्‍याउने निर्णय गरिएको केजरीवालको भनाइ छ। 

केन्द्र सरकारका अधिकारीले रासन केन्द्र सरकारको भए पनि दिल्ली सरकारले जस लिइरहेको गुनासो गरिरहेका छन्।

‘कृपया योजना लागू गरिदिनुस् म कुनै जस र क्रेडिट लिन्नँ, बरु म दुनियाँलाई  मोदीजीले सुरु गरेको हो भन्छु,’ उनले भनेका छन्।

उनले रासन आम आदमी पार्टी, भारतीय जनता पार्टी वा अन्य कुनै पार्टीको नभई देशभरका किसानको भएको भन्दै यसमा बिचौलिया र माफियालाई रोक्ने जिम्मेवारी सरकारको भएको बताएका छन्।

भारत विषम् परिस्थितिको सामना गरिरहेको र अहिले सबै मिलेर काम गर्ने बेला भएको भन्दै मुख्यमन्त्री केजरीवालले केन्द्र सरकार प्रदेश सरकारसँग झगडामै व्यस्त रहेको गुनासो गरे।

केन्द्र सरकार पश्चिम बंगाल, झारखण्ड, लक्षदीपका सर्वसाधारणसँग, महाराष्ट्र, दिल्ली सरकारसँग र  किसानसँग झगडा गरेर बसिरहेको उनको भनाइ छ। 

‘काम गर्ने बेला प्रदेश सरकारसँग झगडा किन? सबै भारतवासी दुःखी छन्। सरकार यसरी देश कसरी चल्छ? हामी आपसमा लडिरह्यौं भने कसरी कोरोना जित्छौं?,’ उनले भनेका छन्।

यो योजना राष्ट्रहितमा भएको भएको भन्दै  केजरीवालले यसलाई नरोक्न आग्रह गर्दै अहिलेसम्म सबैले मोदीलाई साथ दिएको र अब मोदीले राष्ट्रहित योजनालाई साथ दिनुपर्ने बताए। -आजतक

प्रकाशित: Jun 06, 2021| 07:37 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।