सोमबार, चैत ९, २०८२

एनआरएनए क्यानडाको संयोजनमा नेपाल आइपुगे ७५ थान अक्सिजन कन्सन्ट्रेटर

'क्यानडामा बस्ने नेपाली र विभिन्न संघसस्थाबाट सहयोग संकलन गरी खरिद गरेर ७५ थान कन्सन्ट्रेटरसहितका सामग्री एक सातामा नै नेपाल पुर्‍याउन सफल भएका छौँ,' अध्यक्ष घिमिरेले भने, 'हामीले पठाएका सामग्री सोमबार बेलुका ५ बजे स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण गर्ने योजना छ।' 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको संयोजनमा पठाइएका ७५ थान अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री नेपाल आइपुगेका छन्। आइतबार आइपुगेका ती सामग्री सोमबार बेलुका स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरिने एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले जानकारी दिए। 

National life

'क्यानडामा बस्ने नेपाली र विभिन्न संघसस्थाबाट सहयोग संकलन गरी खरिद गरेर ७५ थान कन्सन्ट्रेटरसहितका सामग्री एक सातामा नै नेपाल पुर्‍याउन सफल भएका छौँ,' अध्यक्ष घिमिरेले भने, 'हामीले पठाएका सामग्री सोमबार बेलुका ५ बजे स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण गर्ने योजना छ।' 

उनका अनुसार यी कन्सन्ट्रेटर १० लिटर क्षमताका भएकाले कम अक्सिजन चाहिने दुई जना बिरामीलाई पनि एकैपटक प्रयोग गर्न सकिन्छ। एनआरएनए क्यानडाले पठाएका अक्सिजन कन्सन्ट्रेटरका साथै व्यक्तिगत सुरक्षा कवच (पीपीई)को लागत ७५ लाख नेपाली रुपैयाँ छ। एनआरएनए क्यानडाले 'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियान नै सञ्चालन गरिरहेको छ। पछिल्लो पटक सहयोग गर्ने दाताहरूको सूची यहाँ क्लिक गरी हेर्न सकिन्छ।

हालसम्म एनआरएनए ग्लोबलको संयोजनमा १ हजार ४ सय ५ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाइएको घिमिरेको भनाइ छ। नेपालमा दोस्रो लहरको कोरोना महामारी फैलिएपछि अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाउनुपरेको भन्दै विदेश बस्ने नेपालीले नेपाल बस्ने नेपालीको ज्यान बचाउन सहयोग होस् भनेर एनआरएनएको संयोजनमा स्वास्थ्य सामग्री पठाइएको घिमिरेले बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 06, 2021| 04:19 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्