बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बुरकिना फासोकाे एक गाउँमा हमला, सात बालबालिकासहित १३२ मारिए

बुरकिना फासोकाे एक गाउँमा हमला, सात बालबालिकासहित १३२ मारिए

बुरकिना फासोको उत्तरी क्षेत्रस्थित याघा प्रान्तको एक गाउँमा भएको हमलामा कम्तीमा १३२ जना मारिएका छन्। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं - बुरकिना फासोको उत्तरी क्षेत्रस्थित याघा प्रान्तको एक गाउँमा भएको हमलामा कम्तीमा १३२ जना मारिएका छन्। बुरकिना फासो सरकारका अनुसार मृत्यु हुनेमा सातजना बालबालिकासमेत छन्। 

National life

रातको समयमा बन्दुधकारीहरूले याघा प्रान्तस्थित साहेलको सोलान गाउँमा हमला गरेका थिए। उनीहरूले घर र स्थानीय बजारमा आगो पनि लगाइदिए। 

हालसम्म कुनै पनि चरमपन्थी समूहले हमलाको जिम्मेवारी लिएको छैन। तर, पछिल्लो समय देशको सीमावर्ती क्षेत्र खासगरी नाइजर र मालीसँग जोडिएका क्षेत्रमा इस्लामी चरमपन्थी समूहको हमला बढिरहेको छ। 

संयुक्त राष्ट्र राष्ट्र संघ प्रमुख एन्टोनियो गुटेरेसले हमलाको निन्दा गर्दै आक्रोश व्यक्त गरेका छन्। उनले यस्ता हमलाको सामना गर्न आफ्नो सदस्य देशका लागि दिने सहयोग चाँडै दुई गुणा बढाउन पनि भनेका छन्। 

यस्तै बुरकिना फासोका राष्ट्रपति रकम काबोरेले तीन दिनका लागि राष्ट्रिय शोक मनाउने घोषणा गरेका छन्। उनले ट्विट गर्दै भनेका छन्, ‘दुष्ट शक्तिका विरुद्ध हामी एक साथ डटेर सामना गर्नुपर्ने छ।’ साथै उनले हमला गर्ने समूहको खोजीमा सुरक्षाकर्मी जुटेको पनि बताए। 

Laxmi sunrise bank
kumari

साथै शुक्रबार एक अर्को हमलामा सोलानदेखि १५० किलोमिटरको दुरीमा रहेको तदरयात गाउँमा १४ व्यक्ति मारिएका थिए। यस्तै देशको पूर्वी क्षेत्रमा पनि अघिल्लो महिना भएको हमलामा ३० जना मारिएका थिए। बीबीसी

प्रकाशित: Jun 06, 2021| 02:27 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।