आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महन्थ पक्ष केन्द्र सरकार गएपछि प्रदेश २ मा खलबली, कांग्रेसले बाजी मार्ला?

Siddartha premir insuranceSiddartha premir insurance

महन्थ पक्ष केन्द्र सरकार गएपछि प्रदेश २ मा खलबली, कांग्रेसले बाजी मार्ला?

जसपा अध्यक्ष उपेन्द्र यादव शुक्रबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटेर जनकपुरधाम आउनुले पनि सरकार परिवर्तन हुने सम्भावना बढेको राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। सरकार परिवर्तनको चर्चाका बीच जनकपुरधाम आएका जसपा नेता उपेन्द्र यादव २/३ दिन जनकपुरधाममै रहने जसपा स्रोतले जानकारी दिएको छ।
 |  शनिबार, जेठ २२, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, जेठ २२, २०७८

जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद् पुनर्गठनमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएपछि प्रदेश २ सरकारमा खलबली भएको छ। जसपाको एक पक्ष ओलीको विपक्षमा उभिएको समयमा अर्को पक्ष ओली नेतृत्वकै सरकारमा सहभागी भएपछि त्यसको असर प्रदेश २ को वर्तमान सरकारमा पर्ने निश्चित भएको हो। 

triton college

जसपा अध्यक्ष उपेन्द्र यादव शुक्रबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटेर जनकपुरधाम आउनुले पनि सरकार परिवर्तन हुने सम्भावना बढेको राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। सरकार परिवर्तनको चर्चाका बीच जनकपुरधाम आएका जसपा नेता उपेन्द्र यादव २/३ दिन जनकपुरधाममै रहने जसपा स्रोतले जानकारी दिएको छ।

यद्यपि प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सरकार फेरबदलको विषयलाई लिएर नभई प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेटको विषयमा सल्लाहसुझाव लिन/दिनका लागि मात्रै अध्यक्ष यादव जनकपुरधाम आएको बताए। 'सरकारमा फेरबदल हुने सम्भावना छ,' मन्त्री साहले भने, ‘तर अध्यक्षजी सरकार फेरबदलको विषयमा छलफल गर्नुभन्दा पनि नीति तथा कार्यक्रम र बजेटको विषयमा सल्लाह सुझावका लागि आउनु भएको हो।’

सरकार फेरबदल हुन सक्ने भएपनि नीति तथा कार्यक्रम र बजेट आएपछि मात्रै सरकारमा फेरबदलको विषयमा कुराकानी अगाडि बढाइने साहको भनाइ छ। 

मन्त्री साहका अनुसार यही २४ गते नीति तथा कार्यक्रम प्रदेश सभामा पेस हुनेछ। यसमै प्रदेश सरकार केन्द्रित रहेको उनको भनाइ छ। उनले तत्कालै सरकार पुनर्गठन नहुने दाबीसमेत गरे।

Metro Mart
vianet
उपेन्द्र (बाँया) र डा बाबुराम भट्टराई। फाइल तस्बिर

अध्यक्ष उपेन्द्र यादवको जनकपुरधाम आगमनले भने राजनीतिक घटनाक्रमलाई प्रदेश सरकार परिवर्तनतर्फ मोडिएको हो कि भन्ने राजनीतिक वृत्तमा चर्चा/शंका छ। सरकार फेरबदल हुन सक्ने भएपनि नीति तथा कार्यक्रम र बजेट आएपछि मात्रै सरकारमा फेरबदलको विषयमा कुराकानी अगाडि बढाइने साहको भनाइ छ। 

प्रदेश २ मा सरकार पुनर्गठन भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षको गठबन्धनसहित सरकार बन्ने भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव बताउँछन्। उनले प्रदेश २ को सरकार पुनगर्ठन भएमा तत्कालीन राजपा खेमाका साथीहरू सरकारमा सामेल हुन चाहे हुन सक्ने र नचाहे उनीहरुलाई छोडेर भएपनि सरकार पुनर्गठन हुने बताए। तर मुख्यमन्त्री भने लालबाबु राउत नै रहने यी दुवै मन्त्रीको दाबी छ।

नेकपा एमालेको माधव नेपाल पक्ष प्रदेश सरकारमा जाने वा नजाने भन्ने विषयमा स्पष्ट छैन। एमाले संसदीय दलका नेता शत्रुघ्न महतोले प्रदेश सरकार पुनर्गठन भएपनि तत्काल एमाले सरकारमा नजाने संकेत गरेका छन्। उनले सत्ता समीकरण अनुसार एमालेले आफ्नो भूमिका तय गर्ने स्पष्ट पारे।

पार्टीभित्र मुख्यमन्त्रीका आकांक्षीहरु देखिएपनि सत्ता समीकरणको नाममा अन्य पार्टीलाई मुख्यमन्त्री पद दिन नहुनेमा भने एकमत रहेको बताइएको छ। 

लालबाबु राउत नेतृत्वको सरकार टिकाउनका लागि कम्तीमा कांग्रेस–माओवादी केन्द्र वा कांग्रेस–एमालेको माधव नेपाल पक्षको साथ आवश्यक हुन्छ। तत्कालीन समाजवादी पार्टीको प्रदेश सभामा ३० जना प्रदेश सभा सदस्य छन् भने तत्कालीन राजपाबाट प्रदेश सभा सदस्यका साथै मन्त्री बनेका नवलकिशोर साह र रामनरेश राय स्पष्ट रुपमा उपेन्द्र यादव पक्षमा लागि सकेका छन्। नवलकिशोर साह राजेन्द्र महतोको विश्वासपात्र थिए। जसपाका अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई कारबाही गर्ने निर्णयमा उनीहरुले समेत हस्ताक्षर गरेका थिए।

यद्यपि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीद्वय अभिराम शर्मा र डिम्पल झा महन्थ ठाकुर पक्षमै छन्। यस्तो अवस्थामा यी ३ जनालाई हटाएर पनि सरकार पुनर्गठन गर्ने तयारी भइरहेको यादव पक्षधर एक नेताले बताए।

जसपाको महन्थ समूहलाई हटाएर मुख्यमन्त्री लालबाबु राउतकै अगुवाईमा मन्त्रिपरिषद् विस्तार गर्नु उचित हुने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले बताए।

यादव पक्षभित्रै मुख्यमन्त्री पदका अभिलाषी
जसपाको यादव पक्षभित्रै मुख्यमन्त्री पद पाउनका लागि हानथाप देखिएको छ। प्रदेश सरकार फेरबदल हुन सक्ने चर्चा चुलिएसँगै यादवपक्षकै केही नेताहरू आफूलाई मुख्यमन्त्री पद दिनु पर्ने माग अध्यक्ष यादवसमक्ष राखेको शनिबार जनकपुरधाममा भएको बैठकमा सहभागी एक नेताले बताए। सत्ता समीकरण मिलाउनका लागि लालबाबु राउतलाई हटाएर नयाँ अनुहारलाई मुख्यमन्त्रीमा ल्याउनुपर्ने आवाज उठ्न थालेपछि अध्यक्ष यादवका लागि समेत टाउको दुखाइको विषय बनेको छ। 

यादव पक्षभित्र आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव र जसपाको प्रदेश सभामा उपनेता रहेका रामआशिष यादवसमेत मुख्यन्त्रीका अभिलाषी देखिएको स्रोतको भनाइ छ। पार्टीभित्र मुख्यमन्त्रीका आकांक्षीहरु देखिएपनि सत्ता समीकरणको नाममा अन्य पार्टीलाई मुख्यमन्त्री पद दिन नमिल्ने विषयमा भने एकमत रहेको ती नेताको भनाइ छ। 

यता महन्थ पक्षका नेताहरू सरकार परिवर्तन हुने विषयमा मौन देखिएका छन्। महन्थ पक्षका जसपा संसदीय दलका सचेतक परमेश्वर साहले मुख्यमन्त्री लालबाबु राउतको सरकारले गर्ने कामकारबाहीका आधारमा अघि बढ्ने योजनामा आफूहरू रहेको बताउँछन्। उनले भने, ‘हामीलाई सरकारबाट हटाए पनि ठिकै छ। नहटाएपनि ठिकै हुनेछ।’

मुख्यमन्त्रीमा कांग्रेसको दाबी 
नेपाली कांग्रेसले सत्ता समीकरण मिलाउनका लागि प्रदेश २ सरकारको नेतृत्व आफूले पाउनु पर्ने अडान राखेको छ। काठमाडौँमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको भेटमा निधिले कांग्रेसलाई मुख्यमन्त्री दिन प्रस्ताव गरेका थिए। 

यता नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले सरकारमा फेरबदल भए कांग्रेसले मुख्यमन्त्री पद पाउनुपर्ने बताएका छन्। तर माओवादी केन्द्र भने कांग्रेस नेतृत्वको सरकारमा सामेल हुन अनिच्छुक देखिएको छ। यद्यपि उसले आधिकारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन भने प्रदेशस्तरका नेताहरूले यस विषयमा खुलेर प्रतिक्रिया दिन अस्वीकार गरे। 

प्रदेश सभामा सत्तारुढ जसपाभित्र तत्कालीन समाजवादी पार्टीका ३० र  तत्कालीन राजपा नेपालका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ र १ जना स्वतन्त्र सांसद छन्। प्रदेश सभाको सदस्य संख्या १०७ रहेपनि एमाले ओली पक्षमा लागेपछि ३ जना प्रदेश सभा सदस्य निलम्बनमा परिसकेकाले अहिले प्रदेश सभामा १ सय ४ सदस्य छन्। सरकार बनाउनका लागि त्यसको ५० प्रतिशतभन्दा बढी अर्थात् ५३ जना सांसद चाहिन्छ। यो मत कसले जुटाउन सक्छ भन्ने हेर्न चाहिँ केही दिन कुर्नुपर्ने भएको छ। 

प्रकाशित: Jun 05, 2021| 14:51 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।