बुधबार, फागुन २७, २०८२

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण

बेलायतमा दुई महिनायता शुक्रबार सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

एजेन्सी- बेलायतमा दुई महिनायता शुक्रबार सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। त्यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा शुक्रबार दुई महिना यताकै धेरै संक्रमित भेटिएको पाइएको छ।

National life

शुक्रबार त्यहाँ ६ हजार २३८ जना कोरोना भाइरसका संक्रमित भेटिएका हुन्। यो संख्या बेलायतमा करिब दुई महिनायताकै धेरै हो।

त्यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४५ लाखभन्दा बढी संक्रमित भेटिएका पाइएको छ। बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २७ हजार जनाको मृत्यु भइसकेको छ।

अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन्।

प्रकाशित: Jun 05, 2021| 13:16 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।