सोमबार, चैत ९, २०८२

नेपालमा थप ६८ संक्रमितको मृत्यु, मृतकको संख्या ७ हजार ७९९ पुग्यो

उक्त अवधिमा देशभर ५ हजार ४२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ५४० जनाको पीसीआर र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। 
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ७ हजार ७९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ। 

National life

उक्त अवधिमा देशभर ५ हजार ४२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ५४० जनाको पीसीआर र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। 

शनिबार ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार विभिन्न मितिमा नेपाली सेनाले व्यवस्थापन गरेको शवसमेत गरी शनिबार ६८ मृतक थपिएका छन्। 

योसँगै नेपालमा ५ लाख ८५ हजार एक सय जनालाई संक्रमण भएको पीसीआर विधिमार्फत् पुष्टि भएको छ भने १३ हजार १०४ जनालाई एन्टिजेन विधिमार्फत् संक्रमण भएको पुष्टि भएको छ। यीमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा ११ हजार ४७१ को पीसीआर र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 05, 2021| 12:26 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्