काठमाडौं- विगत २४ घण्टायता देशभर ५ हजार ४२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ५४० जनाको पीसीआर र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।
उक्त अवधिमा ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार विभिन्न मितिमा नेपाली सेनाले व्यवस्थापन गरेको शवसमेत गरी शनिबार ६८ मृतक थपिएका छन्।
योसँगै नेपालमा ५ लाख ८५ हजार एक सय जनालाई संक्रमण भएको पीसीआर विधिमार्फत् पुष्टि भएको छ भने १३ हजार १०४ जनालाई एन्टिजेन विधिमार्फत् संक्रमण भएको पुष्टि भएको छ। यीमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ४७१ को पीसीआर र ५३४३ जनाको एन्टिजेन परीक्षण भएको छ।