मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्ट्रेलियाले दियो नेपाली सेनालाई स्वास्थ्य सामग्री

अस्ट्रेलियाले दियो नेपाली सेनालाई स्वास्थ्य सामग्री

अष्ट्रेलिया सरकारले नेपाली सेनालाई कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- अष्ट्रेलिया सरकारले नेपाली सेनालाई कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ।

अष्ट्रेलियाका राजदूत फैलीसिटी जेन भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा शनिबार सरकारले दिएको स्वास्थ्य सामग्रीहरु सेनालाई हस्तान्तरण गरेकी छन्। नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले अस्ट्रेलिया सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझेका छन्।

सामग्री बुझ्दै शर्माले अष्ट्रेलियाले गरेको सहयोगप्रति आभार तथा धन्यवाद प्रकट गरे। कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत् शनिबार मात्रै नेपाल आइपुगेको हो।

प्रकाशित: Jun 05, 2021| 11:59 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।