मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल-खनाल समूहको निष्कर्ष- विचाराधीन मुद्दाको निरुपण नहुँदासम्म पर्खिने 

नेपाल-खनाल समूहको निष्कर्ष- विचाराधीन मुद्दाको निरुपण नहुँदासम्म पर्खिने 

सत्तारुढ नेकपा एमालेको असन्तुष्ट समूहको नेतृत्व गरिरहेको नेपाल खनाल समूहले नयाँ पार्टी गठनको प्रक्रियाका लागि अदालतमा विचाराधीन मुद्दाको निरुपण नहुन्जेलसम्म पर्खिने निर्णय गरेको छ।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- सत्तारुढ नेकपा एमालेको असन्तुष्ट समूहको नेतृत्व गरिरहेको नेपाल खनाल समूहले नयाँ पार्टी गठनको प्रक्रियाका लागि अदालतमा विचाराधीन मुद्दाको निरुपण नहुन्जेलसम्म पर्खिने निर्णय गरेको छ।

भर्चुअल माध्यमबाट आज बसेको स्थायी कमिटीको बैठकले यस्तो निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। 

‘नयाँ हिसाबले नयाँ पार्टी दर्ता गरेर अघि बढ्नै पर्छ अरु उपाय नै छैन। धेरै दिन पर्खिन सकिन्न भन्ने नै हो’, उनले निष्कर्ष सुनाउँदै भनिन्, ‘अब आवश्यक तयारी पनि चाहियो। अदालतमा मुद्दा निरुपण नहुँदासम्म धैर्यता राख्नैपर्छ भन्ने नै निष्कर्ष रह्यो।’

आफूहरुले अहिले पनि वार्ताको ढोका बन्द नगर्ने निर्णय गरेको भन्दै उनले तर, केपी ओलीले वार्ता र एमाले एकताबद्ध गर्न नै नचाहेको बताइन्। ‘पार्टी एकता जरुरी छ। अहिलेको राष्ट्रिय आवश्यकता पनि हो। राष्ट्रका लागि पनि एमाले बलियो हुन आवश्यक छ’, उनले भनिन्, ‘हामी अन्तिमसम्म पनि एकता बलियो बनाउन चाहन्छौं। तर, कति दिन वार्ता–वार्ता भनेर बस्ने पर्खेर बसिरहने भन्ने कुरो हो।’

केपी ओली पक्षबाटै वार्ता भंग गरिएको भन्दै उनले माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई कारबाही गरेर वार्ता हुन नसक्ने प्रष्ट पारिन्। 

‘लोकतन्त्र, गणतन्त्र र राष्ट्रियता दिनप्रतिदिन असुरक्षित हुँदै गइरहेको छ। कम्युनिष्ट आन्दोलन जोगाउन आफ्नो शक्ति सुदृढ गर्नैपर्छ’, उनले भनिन्, ‘केपी ओली एकता विरोधी हुन्। उनले कम्युनिष्ट पार्टी, आन्दोलन र विचार नै सिध्याइसकेका छन्।’ 

उनले पार्टीको मात्र नभई सिंगो लोकतन्त्र, गणतन्त्र र संविधानको चिन्ता रहेको भन्दै ओली निरकुशंतर्फ अघि बढेको बताइन्। बैठकले बढ्दो कोरोनामा महामारीलगायत जनताको जनजिविकाका सम्बन्धमा पनि आवश्यक छलफल गरेको छ।

प्रकाशित: Jun 05, 2021| 11:37 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।