काठमाडौं- नवनिर्वाचित उपप्रधान एवम् शहरी विकास मन्त्री तथा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले महन्थ ठाकुर नेतृत्वको जसपा नै आधिकारिक भएको बताएका छन्।
सरकारमा सहभागी भएपछि पार्टीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘विभाजित मनस्थिति देखिएको छ। पार्टीका नेता कार्यकर्ता हामीहरुसँग छन्’, उनले भने, ‘जसपा हामीसितै रहन्छ। निर्वाचन आयोगमा पनि हामी स्थापित गरेर देखाउँछौं।’
उनले महन्थ ठाकुर नेतृत्वको पार्टी नै आधिकारिक भएर वैकल्पिक शक्तिका रुपमा अघि बढ्ने भएकाले नेता कार्यकर्तालाई हत्तोत्साहित नहुन आग्रह गरेका छन्।