मंगलबार, पुस १, २०८२

सहरबाट हराएको गृष्म [सात तस्बिर]

यता गर्मी चढ्दै छ, उता सिमलका फूलमा यौवन बढेको छ। यी फूलमा बन्द परागलाई चुम्दै भँवरा र माहुरीचाहिँ मदमस्त छन्।
 |  शनिबार, जेठ २२, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, जेठ २२, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– गृष्म ऋतु। गर्मीले सहरका सडक तातेका छन्। धर्ती तातेको छ। हावा र आकाश पनि तातै छन्। यता गर्मी चढ्दै छ, उता सिमलका फूलमा यौवन बढेको छ। यी फूलमा बन्द परागलाई चुम्दै भँवरा र माहुरीचाहिँ मदमस्त छन्। फेरि पनि प्रकृति उनीहरूलाई रसपानको निम्तो दिनबाट कहाँ थाक्छ र?

 सहरमा गर्मी बढेसँगै देखिने पहिरन हराएका छन्। न्युरोड र भृकुटीमण्डपमा गाडामा बेच्न राखिएका लस्सी र सर्बत सम्झँदै मानिस आइसोलेसनमा कुँजिएको छ। वृक्ष मात्र होइन छाया पनि सन्त जसरी बसेको छ यो गर्मीमा। पर्यटक र पैदलयात्री त दुर देशमा पुगेजस्ता छन्। बाध्यताले घरबाट निस्किएका बाहेक सबै घरभित्रै छन्।

खलखली पसिना चुहाउँदै सार्वजनिक बसमा चढेर गर्मीको स्वाद चाख्न पाइएको छैन। हतारहतार कार्यालय पनि पुग्नु परेको छैन। त्यसैले यो गृष्ममा सहर सुनसान छ। गृष्मसँग रमाउने मानिस कोरोना महामारीका कारण बाहिर निस्कन नपाएवपछि गृष्म नै हराएजस्तो छ सहरबाट यति बेला।

घण्टाघर
भक्तपुरमा खडेरी प्लटिङ गरिँदै।
धरहरा
रत्नपार्कमा ग्राहककाे पर्खाइमा याैनकर्मी।
पुल्चाेकमा निर्माण कार्यमा खटिएका मजदुर।
त्रिपुरेश्वरमा गन्तव्यतर्फ जाँदै महिला।
प्रकाशित: Jun 05, 2021| 07:27 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।