मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रोगभन्दा समुदायको डर : कोरोना परीक्षण गर्न रातमा लुकीलुकी स्वास्थ्य संस्था

रोगभन्दा समुदायको डर : कोरोना परीक्षण गर्न रातमा लुकीलुकी स्वास्थ्य संस्था

कोभिड-१९ का लक्षण देखिए पनि परीक्षण गर्न राति स्वास्थ्य संस्था धाउने गरिएको छ।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

सिन्धुली- कोभिड-१९ का लक्षण देखिए पनि परीक्षण गर्न राति स्वास्थ्य संस्था धाउने गरिएको छ। जिल्लाको दुधौली नगरपालिकामा रहेका सङ्क्रमित रातको समयमा मात्र स्वास्थ्य संस्था जाने गरेका हुन्। 

समुदायमा कोरोनाको सङ्क्रमण फैलिरहेको छ। सङ्क्रमणका लक्षण देखिए पनि परीक्षण गर्न नआउँदा सङ्क्रमित थपिँदै र सङ्क्रमण फैलँदै गएको छ। 

सङ्क्रमण भएका व्यक्तिलाई रोगको भन्दा समुदायको डर छ। सङ्क्रमणका लक्षण देखिए पनि पीसीआर परीक्षण नगरी घरमै बस्दा सङ्क्रमणको स्थिति झन् भयावह हुन सक्ने सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज डा. धीरेन्द्रकुमार सुदाले बताए।

दिउँसो सुनसान भए पनि रातको समयमा  ‘कोरोना परीक्षण गर्नु परो’ भन्दै धेरै आउने गरेको उनी बताउँछन्। ‘हामी परीक्षणका लागि स्वाब संकलन गरेर पठाइदिन्छौँ, कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्ति सबैले स्वास्थ्य संस्थामा नै बस्नुपर्छ भन्ने हुन्न’, उनले भने,  ‘सङ्क्रमणका लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिने, सास फेर्न गाह्रो हनु जस्ता लक्षण भएका बिरामीलाई हामी आइसोलेसनमा राखेर उपचार गर्दै आएका छौँ।’ 

यतिबेला कोभिड–१९ को दोस्रो लहर चलिरहेको छ। यहाँ एकै व्यक्तिले २७ जनालाई सम्म सङ्क्रमित बनाएको पाइएको छ। समुदायमा हिँड्डुल, खेतीपातीको काम गर्ने तर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुँदा सङ्क्रमण भुसको आगो झैँ समुदायमा फैलन सक्ने खतरा छ।

सिर्थौली कोभिड–१९ अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिले भने,  ‘गाउँमा ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्यो भन्ने बिरामी धेरै छन्, केही त ठीक भइसके तर केहीलाई उस्तै छ, यतिबेला रोगको भन्दा समुदायको ठूलो डर छ। दुधौली नगरपालिकाले कोरोना सङ्क्रमितको घरमा स्टिकर टाँसिदिँदा परीक्षण गराउन आउन नमान्ने धेरै छन्।’ 

यतिबेला रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने बित्तिकै सबैलाई डर लागिहाल्छ कि अब कोरोना लाग्यो। यस्ता लक्षण देखिनासाथ नडराई नागरिक स्वास्थ्य संस्थामा जानुपर्छ। यहाँ त्यसो हुन नसेकेको डा. सुदा बताउँछन्। उनका अनुसार सामान्य तरिकाले टाउको दुख्ने, खोकी लाग्ने र हल्का ज्वरो आउने बित्तिकै टाइफाइडको औषधि खाने चलन छ।  ‘समुदायमा टाइफाइडको औषधि खाने धेरै रहेछन् यसले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ’, उनले भने। 

दुधौलीमा सङ्क्रमण फैलिएको भन्दै नगरपालिकाले जनचेतना फैलाउन स्वास्थ्यकर्मी र नगरप्रहरीको टोली परिचालन गरेको छ। नगर प्रमुख घनश्याम राउतले दुधौलीमा सङ्क्रमण बढेपछि जनचेतनाको कमी हुँदा सङ्क्रमण फैलिएको निष्कर्षसहित टोली परिचालन गरिएको बताए। 

हालसम्म ३४६ सङ्क्रमित भएकामा १३८ जना कोरोनामुक्त भएका छन्। यहाँ ६ जनाले ज्यान गुमाएका छन्। रासस

प्रकाशित: Jun 05, 2021| 07:07 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।