मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युवाले चलाए ‘हुनेले दिने, नहुनेले लिने’ अभियान, सहयाेग लिनेकाे विवरण सार्वजनिक नगरिने

युवाले चलाए ‘हुनेले दिने, नहुनेले लिने’ अभियान, सहयाेग लिनेकाे विवरण सार्वजनिक नगरिने

निषेध आदेशका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन्। 
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

फिदिम-  निषेध आदेशका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन्। 

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैंले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका परिवारलाई खाद्यान्न उपलब्ध गराउन युवाहरूले यो अभियान चलाएका हुन्। 

अभियानमा संलग्न युवाहरु स्वयंले रकम संकलन गरी अभियान थालेका थिए। यस क्रममा अभियन्ताहरू स्वयंबाट ४० हजार, नेपालभित्रैबाट ४२ हजार ९६८, विदेशमा रहेका नेपालीहरूबाट २४ हजार ४२६ रूपैयाँ र १३ हजार ६९० बराबरको खाद्यान्न गरी एक लाख २१ हजार ८४ प्राप्त भएको अभियन्ताले जनाएका छन्।

अभियन्ताले अभियानको तस्बिर खिचेर सार्वजनिक नगर्ने, सामाजिक सञ्जालमा नहाल्ने, सहयोग लिनेको विवरण सार्वजनिक नगर्ने प्रतिबद्धता व्यक्त गर्दै समस्या पर्ने परिवारहरूलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

उनीहरूले सामाजिक सञ्जालमा सम्पर्क नम्बरहरू समेत उपलब्ध गराएका छन्। सहयोग अभियानअन्तर्गत शुक्रबार फिदिम नगरपालिका वडा नं. १, २ र ४ का २२ परिवारका ५४ जनालाई सहयोग गरिएको अभियन्ता उपेन सापकोटाले जानकारी दिए। 

अभियानमा प्रतिव्यक्ति पाँच किलो चामलसहित दैनिक आवश्यक खाद्यान्नका सामग्रीहरू परिवार संख्याका आधारमा वितरण गरिने सापकोटाले जानकारी दिए।  फिदिमका विभिन्न पेसामा आवद्ध युवाहरू यो अभियानमा जोडिएका छन्। अभियानमा रकम संकलन गर्दै जाने र सहयोग पनि उपलब्ध गराउँदै जाने उनीहरूको योजना छ। 

प्रकाशित: Jun 05, 2021| 06:38 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।