मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको छ : रावल

ओलीको राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको छ : रावल

एमाले नेता भीम रावलले मन्त्रिपरिषद्को हेरफेरले प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको टिप्पणी गरेका छन्।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं-  एमाले नेता भीम रावलले मन्त्रिपरिषद्को हेरफेरले प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको टिप्पणी गरेका छन्। ओलीले शुक्रबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेको विषयलाई इंगित गर्दै शनिबार बिहान ट्विट मार्फत् रावलले यस्तो टिप्पणी गरेका हुन्। 

‘प्रधानमन्त्री केपीको चरम सत्तालिप्साका कारण उहाँबाट एकपछि अर्को असंवैधानिक र राष्ट्रघाती काम भइरहेको र कुर्सी स्वार्थको लागि अनेकौं कुकार्य हुँदै आएको तथ्यको आधारमा मैले ५ दिन अघि उहाँले आफूसँग पाँच मन्त्रालय राखेर वाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपा (महन्थ) लाई धुपबत्ती गर्न सक्ने कुरा व्यंगात्मक रूपमा ट्वीट गरेको थिएँ,’ उनले लेखेका छन्, ‘त्यसको जेठ २१ गतेको मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो।’

कामचलाउ प्रधानमन्त्रीको यो कार्य संवैधानिक र लोकतान्त्रिक मान्यता विरोधी र गत आमनिर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा रहेको रावलको भनाइ छ।

साथै दुईपटक संविधानसभाको निर्वाचन गरी देश र जनताले ठूलो मूल्य चुकाएर जारी गरेको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको उनको टिप्पणी छ। ‘यसमा रहेका लोकतन्त्रघातीहरूको नाम सार्वजनिक होस्। प्रधानमन्त्री केपीका यसप्रकारका राष्ट्रघाती, जनघाती, लोकतन्त्र र पार्टीको सिद्धान्त, नीति र विधान विपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्रलाई जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नैपर्ने स्थितिमा पुगेका हौं,’ उनले भनेका छन्, ‘सबै देशभक्त लोकतन्त्रवादी एकजुट भएर देश, लोकतन्त्र र जनताको अधिकार र हितको रक्षाका लागि अग्रसर होऔं।’

प्रकाशित: Jun 05, 2021| 04:50 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।