मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थप रणनीति तय गर्न माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै

थप रणनीति तय गर्न माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै

सत्तारुढ नेकपा एमालेको असन्तुष्ट पक्ष माधव-झलनाथ पक्षको स्थायी कमिटीको बैठक बस्दैछ।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- सत्तारुढ नेकपा एमालेको असन्तुष्ट पक्ष माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दैछ। दुई दिनसम्म बसेको केन्द्रीय कमिटीको बैठक लगत्तै स्थायी कमिटीको बैठक बस्न लागेको हो।

भर्चुअल माध्यमबाट दिउँसो १ बजे बैठक बस्न लागेको नेता युवराज ज्ञवालीले जानकारी दिए। उनका अनुसार केन्द्रीय कमिटीका सदस्यहरूको सुझावका बारेमा छलफल र आगामी रणनीति अगाडि बढाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। 

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको माधव-झलनाथ समूहका केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयत्न जारी राख्ने निष्कर्ष निकालेको थियो। 

केन्द्रीय सदस्यहरूले वार्ता र संवादका नाममा धेरै समय लम्ब्याउन नसकिने भन्दै छिटो निष्कर्षमा पुग्न नेतृत्वलाई सुझाव दिएका थिए। 

पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको माधव-झलनाथ समूहले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनः विघटन गरेपछि ओली नेतृत्वबाट नै हट्नुपर्ने अडान अघि सारेको छ। 

साे समूहभित्र एक पक्षले पार्टी एकताका लागि अझै प्रयत्न गर्नुपर्ने भन्दै आएको छ भने एक पक्ष अब ओलीसँग झुक्ने भन्दा पनि चाँडै नयाँ राजनीतिक यात्रा अघि बढाउनुपर्ने अडान राख्दै आएको छ।

आफ्नो समूहभित्र नै नेताहरूका फरक-फरक धारणा आइरहेका बेला अब स्थायी कमिटीमा समेत छलफल गरेर एक निष्कर्षमा पुग्ने योजनामा नेता माधवकुमार नेपाल रहेको बुझिएको छ।

यसैबीच स्थायी कमिटी बैठक बस्नुअघि नेता नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग पनि छलफल गर्दै छन्।

बिहान ११ बजे समानान्तर कमिटीमा रहेका जिल्लाका पदाधिकारीहरूसँग भर्चुअल माध्यमबाट उनले छलफल गर्न लागेको उनी निकट एक नेताले जानकारी दिए। उनले आफूनिकटका भ्रातृ संगठनका प्रमुख, केन्द्रीय सदस्यलगायतसँग छलफल गरिसकेका छन्।

प्रकाशित: Jun 05, 2021| 03:24 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।