सोमबार, जेठ ४, २०८३

काठमाडाैं महानगरका प्रत्येक वडामा खोप केन्द्र

काठमाडौं महानगरपालिकाले आगामी मंगलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिइने कोभिड-१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ। 
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

National life

काठमाडाैं-  काठमाडौं महानगरपालिकाले आगामी मंगलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिइने कोभिड-१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र काठमाडाैं महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक/एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ। यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो।

उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चिनियाँ खोप) को पहिलो मात्रा दिन लागिएको छ। सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो।

प्रकाशित: Jun 05, 2021| 03:12 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्