मंगलबार, भदौ ९, २०८३

सेरेना विलियम्स फ्रेन्च ओपनको चौथो चरणमा

अमेरिकी टेनिस स्टार सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छन्।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं - अमेरिकी टेनिस स्टार सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छन्। उनले शुक्रबार राति तेस्रो चरणको खेलमा ड्यानियल कोलिन्सलाई हराउँदै चौथो चरणमा प्रवेश गरेकी हुन्।

सातौं वरीयताकी सेरेनाले कोलिन्सलाई ६–४ र ६–४ को सेटमा हराएकी थिइन्। अब उनी २१ औं वरीयताकी काजकिस्तानकी खेलाडी एलना रिबकिनासँग भिड्ने छिन्।

३९ वर्षे सेरेना फ्रेन्च ओपनमा शीर्ष वरीयताकी खेलाडी हुन्। विश्व वरीयताकाे शीर्ष १० मा पर्ने अर्की खेलाडी आर्यना सबलेन्काले यसअघि नै हार बेहोरेपछि शीर्ष १० भित्रकी सेरेना मात्र प्रतियोगितामा छिन्।

बेलारुसकी तेस्रो वरीयताकी सबलेन्का ६–४, २–६ र ६–० को सेटमा अनास्तासिया पाब्ल्युचेन्कोभासँग पराजित हुँदै बाहिरिएकी थिइन्। त्यसैले उपाधि दाबेदारी एवम् भेट्रान खेलाडी सेरेना मार्गरेटको २४ ग्राण्डस्लम विजेताको रेकर्डसँग बराबरी गर्ने अवसरको खोजीमा छन्।

सेरेनाले यसअघि २३ पटक ग्राण्डस्लमको उपाधि जितिसकेकी छन् भने सर्वाधिक २४ पटक ग्राण्डस्लम उपाधि जित्ने खेलाडीको रेकर्ड मार्गरेटको नाममा छ। यदि उनले यो उपाधि जित्न सके मार्गरेटको रेकर्डसँग सेरेनाले पनि बराबरी गर्नेछिन्। तर, उनले पेरिसको रोनाल्ड ग्यारोट मैदानमा २०१६ यता उपाधि जित्न सकेकी छैनन्।

‘यसले मलाई राम्रो भावना जगाउँछ,’ उनले जितपछि भनिन्, ‘केही कुराहरू मेरो वशमा थिएनन्। तर मैले अब मेरो पक्षमा पार्दै जानुपर्छ।’

उनले जित निकाल्दै अघिल्लो चरणमा जान सक्नुलाई सकारात्मक रुपमा लिएको बताएकी छन्। यसअघि दाेस्रो वरीयताकी जापानी स्टार नाओमी ओसाकाले मानसिक तनावका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएकी थिइन्।

प्रकाशित: Jun 05, 2021| 02:25 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।