मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बजेट कार्यान्वयनका लागि बैंकर्ससँग छलफल गर्दै अर्थ मन्त्रालय

बजेट कार्यान्वयनका लागि बैंकर्ससँग छलफल गर्दै अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूलाई छलफलका लागि बोलाएको छ।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूलाई छलफलका लागि बोलाएको छ। आइतबार मन्त्रालयले बैंक तथा वित्तीय संस्थासँग सहुलियतपूर्ण ऋण, ल्यापटपका लागि दिइने कर्जा र स्टार्टअपलाई दिइने सहुलियत कर्जालगायतबारे छलफल गर्न बोलाएको हो। 

शुक्रबार बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्सिच्युसन कम्पनीले आयोजना गरेको बजेट र मोनिटरी पोलिसी विषयक भर्चुअल छलफल कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघ अध्यक्ष भुवनकुमार दाहालले आइतबार बैंक तथा वित्तीय संस्थालाई छलफलका लागि अर्थ मन्त्रालयले बोलाएको जानकारी दिए। 

उनका अनुसार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थासँग सहुलियतपूर्ण कर्जा प्रवाह बढाउनुपर्ने, स्टार्टअपलाई दिने भनिएको सहुलियत प्रदानका लागि सरकारले बैंकहरूमार्फत् प्रवाह गर्ने, ल्यापटपका लागि कर्जा प्रवाह कसरी गर्ने भन्नेबारे छलफल गर्ने कार्यक्रम छ। 

बिहीबार मात्र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको एक कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले सरकारले बजेटका कार्यक्रमहरू कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थामार्फत् फोर्सफुल्ली कार्यक्रमहरू कार्यान्वयन गराउने जानकारी दिएका थिए। 

पछिल्लो समय सरकार बजेट ल्याएको भोलिपल्टैदेखि कार्यान्वयनमा लागिपरिरहेको छ। धेरैतिरबाट बजेट राम्रो भए पनि कार्यान्वयनमा आशंका रहेको प्रतिक्रिया पाएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेट कार्यान्वयनका लागि तातेका छन्। 

अर्थमन्त्री पौडेलले शुक्रबारसम्म सम्पूर्ण मन्त्रालयका सचिवलाई बोलाएर बजेट कार्यान्वयनका लागि दिनुपर्ने सम्पूर्ण निर्देशन दिइसकेका छन्। 

प्रकाशित: Jun 05, 2021| 02:07 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।