मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेणुकाको 'छलाङ' : उपमेयरमा ९९ मत ल्याए पनि सांसद, संसद् विघटनपछि मन्त्री

रेणुकाको 'छलाङ' : उपमेयरमा ९९ मत ल्याए पनि सांसद, संसद् विघटनपछि मन्त्री

महन्थ ठाकुर पक्षीय जनता समाजवादी पार्टीको सिफारिसमा ओलीले उनलाई राज्यमन्त्री बनाएका हुन्। राज्यमन्त्री गुरुङले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन्। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- टोखा नगरपालिकको उपप्रमुखका लागि भएको निर्वाचनमा ९९ मत प्राप्त गरेकी रेणुका गुरुङ मन्त्री बनेकी छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार उपप्रमुख पदमा ९९ मत प्राप्त गरेकी उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्। 

महन्थ ठाकुर पक्षीय जनता समाजवादी पार्टीको सिफारिसमा ओलीले उनलाई राज्यमन्त्री बनाएका हुन्। राज्यमन्त्री गुरुङले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन्। 

उपप्रमुखमा पराजित भएकी गुरुङलाई उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बन्न सफल भइन्। 

जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष उपेन्द्र यादव पक्षकी गुरुङले पछिल्लो समय अर्का अध्यक्ष महन्थ ठाकुरलाई सघाएकी थिइन्। ठाकुरलाई सघाएपछि उनले मन्त्री पद हात पारेकी हुन्।  

गुरूङसहित ६ जना सांसदले फोरम फुटाउन लागेपछि रातारात राष्ट्रिय जनता पार्टीबीच एकता गरी जसपा बनाइएको थियो। उनीसँगै जसपाबाट १० जना मन्त्री बनेपछि जसपा विभाजनको झन् डिलमा धकेलिएको छ।  

टोखा उपप्रमुखमा एमालेकी ज्ञानमाया डंगोलले ८  हजार ९८ मत पाएर विजयी भएकी थिइन्।

No description available.

प्रकाशित: Jun 04, 2021| 17:36 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।