मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् पुनर्गठनमा कांग्रेसको टिप्पणी- समस्या प्रधानमन्त्रीमै छ, मन्त्री फेरेर के गर्नु !

मन्त्रिपरिषद् पुनर्गठनमा कांग्रेसको टिप्पणी- समस्या प्रधानमन्त्रीमै छ, मन्त्री फेरेर के गर्नु !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रिपरिषद् पुनर्गठनलाई कलेजोमा क्यान्सर लाग्दा बूढीऔंलामा जडीबुटी लगाएको जस्तो टिप्पणी गरेको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रिपरिषद् पुनर्गठनलाई कलेजोमा क्यान्सर लाग्दा बूढीऔंलामा जडीबुटी लगाएको जस्तो टिप्पणी गरेको छ।

प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीको एउटा समूहलाई पनि समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार अबेर राति ट्विट गर्दै भनेका छन्, 'पुनर्गठनमा टिप्पणी प्रधानमन्त्री ओलीकै भाषामा- कलेजोमा छ क्यान्सर बूढी औंलामा सिवाजल गोली । समस्या प्रधानमन्त्रीमै छ। न मन्त्री फाल्नु समाधान हो न पाल्नु। फैसलासम्मलाई दुई चार दिनको घामछाया !'

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७८ वैशाख ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी हुन्।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा  राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीहरू तथा नवनियुक्त माननीय मन्त्रीहरूले संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री ओलीसमक्ष नवनियुक्त राज्यमन्त्रीले संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। 

प्रकाशित: Jun 04, 2021| 16:45 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।