मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाबुराम भट्टराईको प्रश्न- पहाडी र मधेसी ठग्ने दुवैको मुकुण्डो उत्रिएन त?

बाबुराम भट्टराईको प्रश्न- पहाडी र मधेसी ठग्ने दुवैको मुकुण्डो उत्रिएन त?

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पहाडी र मधेसी मतदाता ठग्ने दुवैको मुकुण्डो उत्रिएन त? भन्ने प्रश्न गरेका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पहाडी र मधेसी मतदाता ठग्ने दुवैको मुकुण्डो उत्रिएन त? भन्ने प्रश्न गरेका छन्।

शुक्रबार जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भएपछि संघीय परिषद अध्यक्ष भट्टराईले ट्विटरमार्फत् यस्तो प्रश्न सोधेका हुन्।

उनले अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? भन्ने प्रश्न उठाएका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘यक्ष प्रश्न-संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? दुवैको मुकुण्डो उत्रिएन त?'
शुक्रबार जसपाका १० जना नेताले शपथ लिएका छन्।

नेता भट्टराई तथा उपेन्द्र यादव पक्षको असहमतिका बाबजुद अर्को पक्ष सरकारमा सहभागी भएको हो।

प्रकाशित: Jun 04, 2021| 15:21 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।