मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेले माग्यो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको राजीनामा

एमालेले माग्यो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको राजीनामा

नेकपा एमालेले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गरेको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

धनगढी- नेकपा एमालेले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गरेको छ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका एमाले नेता पठानसिंह बोहराले एमालेले समर्थन फिर्ता लिइसकेकाले मुख्यमन्त्री भट्टले राजीनामा दिनुपर्ने बताए। उनले सरकार अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने तर्क गरे।

प्रदेशसभा बैठकमा समय माग गरेर बोल्दै उनले एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको बताएका हुन्। ‘समर्थन फिर्तापछि मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्नु भएको छ’, बोहराले भने, ‘उहाँले राजीनामा दिनुपर्छ।’

नेकपा एमाले (ओली समूह) का प्रदेशसभा सदस्य बोहराले आफूहरु प्रतिपक्ष भएको भन्दै अलग्गै सिटको व्यवस्था हुनुपर्ने मागसमेत गरे। ‘सरकारबाट समर्थन फिर्ता लिइसकेको अवस्थामा र प्रदेशसभालाई समेत जानकारी गराइसकेको अवस्थामा सिटिङको व्यवस्थापन भएको मैले देखिनँ’, बोहराले भने, ‘नेकपा एमाले अब प्रतिपक्ष भएको छ। प्रतिपक्षको सिटको व्यवस्था गर्न माग गर्छु।’

नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै एमालेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ। तर, सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सर्मथन कायम रहेको भन्दै सात जनालाई मन्त्री बनाएको छ। सुदूरपश्चिम प्रदेशसभामा नेता माधव नेपाल पक्षीय सांसदहरुको संख्या धेरै छ।

बोहोराले संसदीय दलका नेता प्रकाशबहादुर शाहले जबरजस्ती सरकारको सर्मथन कायम रहेको निर्णय गराएको बताएका थिए। सोही भनाइलाई लिएर उनलाई दलका नेता शाहले स्पष्टीकरण सोधेका थिए। तर, बोहराले जवाफ दिएका छैनन्।

सरकार जुगाडको भरमा चलेको कांग्रेसको आरोप

सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिम प्रदेश सरकार जुगाडको भरमा चलेको बताए।

‘यो प्रश्न जनताको हो मैले जनताको शब्द सापट लिएर भनेको हुँ’ नेता रावलले भने, ‘सरकार कमिसनको भरमा चलेको छ। यो सरकार नेतामूखी भयो, नेताको गुलामी गर्ने मात्रै काम भयो।’ प्रदेश सरकारले गरेको काम खोज्दा नभेटिएको बताउँदै उनले अब आउने बजेट जनमूखी हुनुपर्ने माग गरे।

जनता समाज पार्टीका संसदीय दलका नेता कृष्णबहादुर चौधरीले सुदूरपश्चिम प्रदेश सरकारको उपलब्धी भनेको मन्त्रीको कुर्सीको लाइन थपिदै जानु भएको बताए। उनले एक लाइन, दुई लाइन, तीन लाइन भइसक्यौं अब चार लाइन हुन्छ यही हो सरकारको उपलब्धी उनले भने, ‘यहाँ जे बोले पनि केही कार्यान्वयन हुँदैन।’ 

सभामा नेकपा (एमाले) का अमर साउद, नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावलले धारणा राखेका थिए।

प्रकाशित: Jun 04, 2021| 15:05 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।