मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उन्नतखालको एकता नभए मात्र विद्रोह गर्ने माधव–झलनाथ समूहको निष्कर्ष

उन्नतखालको एकता नभए मात्र विद्रोह गर्ने माधव–झलनाथ समूहको निष्कर्ष

एकपछि अर्काे गर्दै पार्टीदेखि व्यवस्था नै खलबलाउने गतिविधि भएका छन्। यसलाई संघर्षकै माध्यमबाट रोक्नुपर्छ।’
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– एमालेको माधव नेपाल– झलनाथ खनाल समूहको केन्द्रीय कमिटीको बैठकले उन्नतखालको एकताका लागि अन्तिम समयसम्म पहल गर्ने र सबै ढोका बन्द भएपछि मात्र विद्रोह गर्ने निष्कर्ष निकालेको छ।  भर्चुअल माध्यमबाट बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निष्कर्ष निकालेको केन्द्रीय सदस्य झपट रावलले जानकारी दिए। 

बैठकमा केन्द्रीय सदस्य र स्थायी कमिटीका सदस्यहरुले धारणा राखेपछि नेता माधवकुमार नेपालले आफूहरु अझै पनि पार्टी एकता होस् भन्नेमा रहेको बताएका थिए। ‘म अहिले पनि पार्टी एक भएर जाओस् भन्नेमै छु,’ उनले भने। पार्टीलाई फुट्नबाट जोगाउन आफूहरुका तर्फबाट अन्तिम पहल गर्नुपर्ने नेता नेपालले निष्कर्ष सुनाएका थिए। 

‘कारबाही गरेपछि वार्ताको औचित्य नै सकिएको छ। तर, केही नेताहरुले गरेको प्रयासलाई पनि सकारात्मक लिनुपर्ने कुरा उठ्यो,’ ती केन्द्रीय सदस्यले भने, ‘वरिष्ठ नेताहरुसहितलाई कारबाही गर्ने अनि वार्ता गर्ने भन्ने कुरो हुँदैन। ओलीले नै वार्ताको प्रक्रिया भंग गरेका हुन्।’ 

‘केपी ओली एकताप्रति इमानदार नरहेको र पार्टी गलत मानिसको हातमा पुगेको निष्कर्ष सबै साथीहरुले निकाल्नुभएको छ,’ अर्का एक केन्द्रीय सदस्यले भने, ‘एकपछि अर्काे गर्दै पार्टीदेखि व्यवस्था नै खलबलाउने गतिविधि भएका छन्। यसलाई संघर्षकै माध्यमबाट रोक्नुपर्छ।’ केपी ओलीसँग संघर्ष, रुपान्तरण र उन्नत खालको एकताका लागि पहल गर्ने यो समूहको निष्कर्ष थियो। 

‘कारबाही गरेपछि वार्ताको औचित्य नै सकिएको छ। तर, केही नेताहरुले गरेको प्रयासलाई पनि सकारात्मक लिनुपर्ने कुरा उठ्यो,’ ती केन्द्रीय सदस्यले भने, ‘वरिष्ठ नेताहरुसहितलाई कारबाही गर्ने अनि वार्ता गर्ने भन्ने कुरो हुँदैन। ओलीले नै वार्ताको प्रक्रिया भंग गरेका हुन्।’ 

केन्द्रीय सदस्य झपट रावलले सञ्चारमाध्यममा आए जस्तो फरक धारणा कसैको नरहेको बताए। ‘ओली पक्षसँग वार्ता गरिरहेका नेताहरुले शीर्ष नेताहरुको सल्लाहमै अनौपचारिक छलफल सुरु गर्नुभएको थियो,’उनले भने, ‘अझै पनि सामूहिक र व्यक्तिगत रुपले पनि पहल गर्ने कुरा भएको छ।’

उनले उन्नतखालकाे एकताका लागि अघि सारेका ६ बुँदे प्रस्तावमा केही फेरबदल गरेर अघि बढ्ने तयारी रहेको बताए। नेता नेपालले एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए। प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधिसभा भंग गरेकोमा केन्द्रीय सदस्यहरुले भत्र्सना गरेका थिए। दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा ८८ जना केन्द्रीय सदस्यहरु सहभागी थिए।

प्रकाशित: Jun 04, 2021| 14:26 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।