मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली क्याबिनेट : श्रीमती बाहिरिएसँगै श्रीमानको प्रवेश पक्का

ओली क्याबिनेट : श्रीमती बाहिरिएसँगै श्रीमानको प्रवेश पक्का

रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएर सरकारमा सहभागी हुँदैछन्। यसअघिका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बिदा गरेर एक जना उपप्रधानमन्त्रीमा महासेठको नाम पक्का भएको हो। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले रघुवीर महासेठ दम्पत्तिलाई एकपछि अर्को गरी मन्त्री बनाउने भएका छन्। महिला बालिबालिका तथा समाज कल्याणमन्त्री रहेकी जुलीकुमारी महतोलाई पदमुक्त गरी प्रधानमन्त्री ओलीले जुलीका श्रीमान रघुवीर महासेठलाई मन्त्री बनाउने पक्का गरेका हुन्। 

रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएर सरकारमा सहभागी हुँदैछन्। यसअघिका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बिदा गरेर एक जना उपप्रधानमन्त्रीमा महासेठको नाम पक्का भएको हो। जुली मन्त्री हुनुअघि पनि रघुवीर करिब २० महिना ओली सरकारका मन्त्री थिए। ओली सरकारमा उनीहरू एकपछि अर्को गर्दै मन्त्री बन्दै आएका छन्। 

महासेठसँगै अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल र जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र महतो पनि उपप्रधानमन्त्री बन्नेछन्। 

हालको सरकारमा सहभागी एमालेका चार मन्त्रीबाहेक सबै मन्त्री पदमुक्त गर्ने प्रधानमन्त्री ओलीको तयारी छ। 

यसअघि नै एमालेबाट मन्त्री बनेकी जुलीसहित ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शिवमाया तुम्बाहाङ्फे, पदमाकुमारी अर्याल, गणेशसिंह ठगुन्ना, जुलीकुमारी महतो, प्रेमबहादुर ओले, पार्वत गुरुङ, भानुभक्त ढकाल पदमुक्त हुनेछन्। 

ओली सरकारमै मन्त्री बन्न लागेका शेरबहादुर तामाङ मन्त्री बनेपछि उनका दम्पती नै मन्त्री हुनेछन्। तामाङ स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा जाने टुंगो भइसकेको उनी आफैँले पुष्टि गरेका छन्। उनकी श्रीमती उषाकला राई प्रदेश  १ मा सामाजिक विकास मन्त्री छन्।

यस्तो बन्दैछ नयाँ मन्त्रिपरिषद् 
एमालेबाट

केपी शर्मा ओली :  प्रधानमन्त्री
विष्णुप्रसाद पौडेल : उपप्रधान तथा अर्थ 
रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्र
राजेन्द्र महतो : उपप्रधान तथा सहरी विकास
शेरबहादुर तामाङ : स्वास्थ्य तथा जनसंख्या 
कृष्ण गोपाल श्रेष्ठ : विज्ञान, प्रविधि तथा शिक्षा
बसन्त नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : कानुन न्याय तथा संसदीय मामिला

जसपाबाट 
यस्ताे छ सरकारमा सहभागी जसपा नेताहरुकाे सूची

राजेन्द्र महतो– उपप्रधानसहित सहरी विकास
शरतसिंह भण्डारी– ऊर्जा जलस्रोत तथा सिँचाइ
अनिलकुमार झा– खानेपानी 
लक्ष्मणलाल कर्ण– भूमिसुधार तथा व्यवस्था
विमल श्रीवास्तव – श्रम तथा रोजगार सामाजिक सुरक्षा 
उमाशंकर अरगरिया– युवा तथा खेलकुद
एकवाल मियाँ– वन तथा वातावरण
चन्दा चौधरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिक
चन्द्रकान्त चौधरी– ऊर्जा राज्यमन्त्री 
रेनुका गुरुङ – महिला बालबालिका राज्य मन्त्री

प्रकाशित: Jun 04, 2021| 14:00 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।