मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ईश्वर पोखरेलसहित पदमुक्त हुन लागेका यी हुन् १३ मन्त्री

ईश्वर पोखरेलसहित पदमुक्त हुन लागेका यी हुन् १३ मन्त्री

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको 'व्यापक' हेरफेर गर्ने भएपछि उनी पक्षका १३ मन्त्री पदमुक्त हुने भएका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको 'व्यापक' हेरफेर गर्ने भएपछि उनी पक्षका १३ मन्त्री पदमुक्त हुने भएका छन्। एमालेका १३ मन्त्रीहरूलाई पदमुक्त गरी ओलीले जनता समाजवादी पार्टीसहितको नयाँ मन्त्रिपरिषद् बनाउन लागेका हुन्। 

मन्त्रीबाट बाहिरिनेमा उपप्रधानमन्त्री ईश्वर पोखरेल वरिष्ठतम मन्त्री हुन्। यस्तै पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ, भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फे, संघीय मामिलामन्त्री गणेशसिंह ठगुन्ना, वनमन्त्री प्रेमबहादुर आले, महिला बालबालिकामन्त्री जुलीकुमारी महतो पनि पदमुक्त हुने भएका छन्। 

स्वास्थ्य राज्यमन्त्री नवराज रावत, सहरी विकासमन्त्री रामवीर मानन्धर र उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक पनि पदमुक्त हुँदैछन्।

यसअघि जेठ ६ गते सर्वाेच्च अदालतको आदेशअनुसार तत्कालीन माओवादीबाट एमालेको ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दावा तामाङ पदमुक्त भएका थिए। 

प्रकाशित: Jun 04, 2021| 13:33 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।