मंगलबार, भदौ ९, २०८३

यी हुन् ओलीसँगै रहने सात मन्त्रालय

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। ओलीले जनता समाजवादीलाई सरकारमा सामेल गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। यस्तै यसअघि मन्त्री रहेका चार जनाबाहेक एमालेका नेताहरुलाई उनले पदमुक्त गरेका छन्। 

कायमै रहेका मन्त्रीहरुमा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुनमन्त्री लीलानाथ श्रेष्ठ छन्। ओलीले आफूसँग ७ वटा मन्त्रालय राखेका छन् । ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँग राखेका हुन्।  मन्त्रिपरिषदमा  विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री  रहनेछन्। 

यस्तो बन्दैछ नयाँ मन्त्रिपरिषद्

केपी शर्मा ओली :  प्रधानमन्त्री
विष्णुप्रसाद पौडेल : उपप्रधान तथा अर्थ
रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्र
शेरबहादुर तामाङ : स्वास्थ्य तथा जनसंख्या
कृष्ण गोपाल श्रेष्ठ : विज्ञान, प्रविधि तथा शिक्षा
बसन्त नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : कानुन न्याय तथा संसदीय मामिला

जसपाबाट

राजेन्द्र महतो : उपप्रधानसहित सहरी विकास
शरदसिंह भण्डारी : ऊर्जा जलस्रोत तथा सिँचाइ
अनिलकुमार झा :खानेपानी
लक्ष्मणलाल कर्ण : भूमिसुधार तथा व्यवस्था
विमल श्रीवास्तव : श्रम तथा रोजगार सामाजिक सुरक्षा
उमाशंकर अरगरिया : युवा तथा खेलकुद
एकवाल मियाँ : वन तथा वातावरण
चन्दा चौधरी : महिला बालबालिका तथा ज्येष्ठ नागरिक
चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री
रेनुका गुरुङ : महिला बालबालिका राज्यमन्त्री

प्रकाशित: Jun 04, 2021| 13:40 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।